दमक,२७ असोज । बेलायत सरकारले प्रदान गर्ने भिक्टोरिया क्रस (भिसी )को उपाधि प्राप्त गरेका मध्ये एक मात्र जिवित भूतपूर्व गोर्खा सैनिक रामबहादुर बेघा स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
दमक ८ का स्थायी बासिन्दा ८८ बर्षिय भिसी बेघा एक साता लामो झापामा उपचारपछि बुधबार काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका आफन्त मोहन बेघाले बताए । उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको हो ।
मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट पीडित बेघाको दशैं अघि एक साता सम्म झापाकै एक निजी अस्पतालमा उपचार गरिएको थियो । सो पछि घर ल्याइएका बेघाको शरीरमा स्लाइनका माध्यमबाट औषधी आपूर्ति गराउन नशा नभेटिएका कारण बैकल्पिक बिधिबाट उपचारका लागि चिकित्सकहरुको सल्लाह अनुसार मेडिसिटी लगिएको बुझिएको छ ।