एनप्याव्सन झापाको नयाँ नेतृत्व, अध्यक्षमा शेर्मा

झापा,२६ असोज । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एशोसिएसन ( एनप्याव्सन ) झापाको सातौं जिल्ला सम्मेलनबाट प्रेम शेर्मा लिम्बू चुनिएका छन् ।बिर्तामोडमा विहिबार सम्पन्न एनप्याव्सन झापाको सातौ जिल्ला अधिबेशनले शेर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षद्धयमा मोहन आचार्य , ओम बिक्रम नेम्बाङ्ग,सचिवमा भगिरथ राई,सहसचिवमा मानबहादुर लिम्बू , कोषाध्यक्षमा गुणराज गिरी र सह कोषाध्यक्षमा किरण अधिकारी चुनिएका छन् ।
यसैगरि,सदस्यहरुमा गोविन्द राजबंशी,पुष्कर बुढाथोकी,मनकुमारी पन्धाक, दुर्गा प्रसाद उप्रेती,हजेन्द्र बहादुर बस्नेत र अमृत सुन्दास चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.