लेटाङ ,२६ असोज । प्रतिनिधिसभा मोरङ् क्षेत्र नम्बर १ का सांसद एवम् नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।लेटाङ् ६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार बिहान ५ बजे आफ्नै घरमा निधन भएको हो ।
पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार शुक्रवार दिउँसोनै लेटाङ् घाटमा अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।