म उभिएको धर्ती


डा.लेखनाथ न्यौपाने

संसार बनाउने र चलाउनेले एउटा नियम बनाएको छ । जसमा हामी मानिस, पशूपक्षी, बनस्पतिलगायत निर्जिव वस्तु अटाउने र आफुखुसी चल्ने चलाउने व्यवस्था गरेको छ । हरेक प्राणी र वनस्पतिलाई उसको स्वतन्त्रताको आभास पनि गराएको छ । खुसी रहने उपाय पनि उसैले दिएको छ । यतिमात्र नभएर यो संसारमा भएका खोज अनुसन्धान, बैज्ञानिक प्राप्ती, आजको बैज्ञानिक युग अनि मानिसले प्राप्त गरेको मानव जीवन यापनलाई सहज बनाउने उपाय सबै यही धर्तीमा रहेको र यहीँबाट प्राप्त भएको छ । परिक्षणले धर्तीको महानता र अथाह देनको सधै सम्मान हुनुपर्छ । तर आज उनै दातामाथि हरेक तरहबाट आक्रमण भएको छ । आधुनिक सस्त्रअस्त्र, परमाणु बम अनि परमाणु अविष्कारका नाममा यिनै धर्तीमाथि खुलेआम परीक्षण भएका छन् । जल, थल, जङ्गल, पहाड, हिमाल जता पनि आक्रमण भएको छ ।

…………………………………………………………………………………………………………….

निलो आकाशमुनि मडारिएको कालो बादलले धर्तीलाई सिञ्चित गर्ने तारतम्य मिलाउँदै गरेको देखिन्छ । पर पर एकतमासले विजुलीको चमक र कड्कन देख्न र सुन्न सकिन्छ । धर्तीका पशुप्राणी र वनस्पति पानी पाउने आशामा खुसीको रद्ध्ग छँदै गरेका महशुस हुन्छ । चिरा परेका खेतका गरा, पानी विना ओइलाउदै गरेका रुखविरुवा, बालीनाली, डाँडाकाडा, सुकेका खोलानाला र झारपातले आकाशतिर एकोहोरो विन्ति विसाएको सहजै महशुस हुन्छ । इन्द्रदेवता पनि प्रसन्न भएर आशाका किरणहरु पृथ्वीबासीलाई पठाउँदै गरेका संकेत छरपस्ट देखिन्छन् । समुद्रबाट उठेर गएको कालो बादलले पनि पृथ्वीबासीको पिडा बुझेको देखिन्छ । नभन्दै पानीका थोपाहरु जमीनमा खस्न थाल्छन् । धर्तीले पनि पानी पाउदाको सुगन्ध हावामा छोड्न थाल्छ । बेग्लै सुगन्धले धर्तीमा रहेका सबैमा खुसीको सिमा रहदैन । मानौं ठूलै युद्धबाट जित हासिल भएको हो । सबै मग्न भएर लामो प्यासको आनन्द उठाउन थाल्छन् । चरहरु चिरविर गर्दै पानी जमेको ठाउँमा पखेटा फिजाएर स्नान गर्छन् त कोही पखेटा फिजाएर मजा लिन्छन् । जमीनमा रहेको पानी नपिउने काकाकुल पनि आनन्दले प्यास मेटाउन थाल्छ । जनावरहरु लामो समयको प्यास मेटाउन भरिदै गरेका दह र पोखरीतिर लम्किन्छन् । ओइलाउदै गरेका रुखविरुवा र बालीनालीले पनि आफ फलिदिएर मानिस र पशुको जीवन बचाउन पाउने इच्छाशक्तिमा हरीयाली भर्न थाल्छन् । हेर्दाहेदै धर्ती मातृत्व प्राप्त गरेकी आमाको मुस्कान झै मुस्कुराउन थाल्छिन् ।

जब म सानो थिएँ धर्तीको मुसकुराहट मलाई औधी राम्रो लाग्थ्यो । घरीको लगातारको झरि, घरिको टन्टलापुर घाम, घरिको मुटु सेक्ने चिसो, घरिको न्यानो घाम अनि लुकामारी खेलेका घाम र वादल । ६ वटै ऋतुको आप्mनै विशेषता प्रस्टिन्थे । धर्ती ऋतु अनुसार खिलखिलाएको महशुस गरेको आज पनि याद छ । कविले एउटा ऋतुको वर्णन कवितामा “सरद ऋतुको सुन्दर बेला घरघर लाग्छन् राम्रा मेला….” गरेझै हरेक ऋतुअनुसारको धर्तीले रङ्ग फेरको देखेको । विशेष गरेर दशैंतिहारको सुन्दर सरद ऋतुको सम्झनाले उही बाल्यकालतिर डोर्याउछ । लिङ्गे पिङमा मच्चिएको ताजै लाग्छ । हतार हतार घास दाउरा गरेर टिका थाप्न मावल हिँडदा धर्तीको सितल हावा र सेतो वादलले आनन्द भरेको मानसपटलमा बसेकै छ । खोलाको सफा र मिठो पानीले कलकल तिर्खा मेटाएको अनुभुती विर्सिएको छुइन । तर अब न त्यो बाल्यकाल आउँछ न त त्यो सुन्दर ऋतुको त्यस्तै नियम । न त जताततै देखिने छङछङ बजेर शुद्धताका साथ बग्ने खोला र खोल्सी ।

धन्य छौ हे धर्तीमाता, तिमी भोकलाई भोजन भएर आयौं । प्यासलाई पानी बनेर आयौ । घर नहुनेलाई घर बनेर आयौ । जीवनलाई जीवित राख्न हावा बनेर आयौ । अन्वेषण गर्ने स्थल बनेर आयौं । मानिसले गर्ने फोहोरको विर्र्सजन गर्ने स्थान बनेर आयौं । स्वार्थी राजनीतिज्ञहरुका लागि युद्धमैदान बनेर बनिदियौ । मरेका मानिस र पशुलाई अन्तिम सस्कार गर्नै स्थान बनेर आयौं । पानीमा रहने करोडौं जलचरको जीवन बनेर आयौं । नयाँ स्थान पत्ता लगाउने साधन बनेर आयौं । प्रकृति प्रेमीालागि हरियाली बनेर आयौं । साहसी मानिसकालागि हिमाल बनेर आयौं । पर्यटककालागि सुन्दर र फरक रचना बनेर आयौं । पानीमा रमाउन चाहनेकालागि ताल, नदी र समुद्र बनेर आयौ । अनि जन्मिदा अज्ञानी र निरिह हरेक प्राणी र वनस्पतिलाई हुर्किने, खेल्ने, सिक्ने, ध्यान तपस गरेर जीवन र जगत बुभ्mने आधार बनेर आयौं । सम्पूर्ण जगतको रक्षार्थ हरेक वस्तु उपलव्ध गराएर यहाँ रहेका हरेक प्राणी र वनस्पतिलाई ऋणि बनाएर सदियौं देखि आप्mनो अपार माया र ममताले संसार चलाईरहेकी छौं ।

…………………………………………………………………………………..

न त ठाउँ ठाउँमा उम्रिएका जरुवा र कुवाहरु । आज त्यसरी खुसिले रङ्ग फेरेको धर्तीमा कमै देखिन्छ । बरु बेमौसमी वर्षा, बाढी पहिरो, डुबान गराउन बाध्य पारिएकी धर्ती आफै निरस र बेजान महशुस हुन्छ । पानी पर्ने बेलामा, खेती गर्ने बेलामा पानीको आवश्यकता परेको बेलामा चाहे जस्तो धर्ती भिज्दैन, जब कुबेला हुन्छ अनि इन्द्र देवताको नजर धर्तीमा पर्छ । तर, यो दोस देवतालाई दिइएको होइन यो त प्रकृतिमाथि जित हासिल गर्न ताम्सिएका बैज्ञानिक अनि उनीहरुलाई उकासेर अनुसन्धानको दुरुपयोग गराउने शासक वर्ग हुन् । जसको परिणाम धर्तीमा बसोबास गर्ने निर्दोश प्राणी र वनस्पतिले भोग्नु परेको छ । अकालमा ज्यान गुमाउन बाध्य हुनु परेको छ । धर्तीका आप्mनै विभिन्न स्थान र भागले अस्तित्व जोगाउन नसकेर भूस्खलन, बाढी, पहिरो, सुख्खाग्रस्त जस्ता समस्याको सामना गर्नु परेको छ । आफैले आफैलाई लज्जा बोध भएको महशुस धर्ती र यसमा उभिएका हामीले गर्नु परेको स्पस्ट देखिन्छ ।

संसार बनाउने र चलाउनेले एउटा नियम बनाएको छ । जसमा हामी मानिस, पशूपक्षी, बनस्पतिलगायत निर्जिव वस्तु अटाउने र आफुखुसी चल्ने चलाउने व्यवस्था गरेको छ । हरेक प्राणी र वनस्पतिलाई उसको स्वतन्त्रताको आभास पनि गराएको छ । खुसी रहने उपाय पनि उसैले दिएको छ । यतिमात्र नभएर यो संसारमा भएका खोज अनुसन्धान, बैज्ञानिक प्राप्ती, आजको बैज्ञानिक युग अनि मानिसले प्राप्त गरेको मानव जीवन यापनलाई सहज बनाउने उपाय सबै यही धर्तीमा रहेको र यहीँबाट प्राप्त भएको छ । परिक्षणले धर्तीको महानता र अथाह देनको सधै सम्मान हुनुपर्छ । तर आज उनै दातामाथि हरेक तरहबाट आक्रमण भएको छ । आधुनिक सस्त्रअस्त्र, परमाणु बम अनि परमाणु अविष्कारका नाममा यिनै धर्तीमाथि खुलेआम परीक्षण भएका छन् । जल, थल, जङ्गल, पहाड, हिमाल जता पनि आक्रमण भएको छ । परीक्षणका नाममा लाखौं जीव र वनस्पति यसका शिकार हुन पुगेका छन् । आधुनिक वस्तु उत्पादन र पैसा कमाउने होडबाजीमा वातावरण प्रदुर्षण यसरी भएको छ कि मानिसले लिने शुद्ध हावा (अक्सिजन) कम भएर अन्य विषैला ग्यासको असामान्य वृद्धि भएको छ । विकसित मुलुकले त ठाउँ ठाउँमा शुद्ध हावा छान्न्ने मसिन समेत राख्न थालिएको सुनिन्छ । मानिस आफै आफुले बनाएका परमाणु बम आदिबाट असुरक्षित हुँदै गएको छ भने धर्तीलाई पनि प्रदुर्षित र बेजान गराएर संसारका निर्दोश प्राणी र वनस्पतिको हत्या गर्ने अवस्थामा विस्तारै पुगेको आभास हुन थालेको छ । धर्ती आफै असुरक्षित बनेकी छन् । सिसाको घरमा बसेर अरुलाई पत्थर प्mयाकेर आफु सुरक्षित भएको ढोङ रच्दै छ मानिस ।

आज यस धर्तीमा सासकको दम्भ र जुँगाको लडाइका कारण अनेक प्रकारका सङ्कट आएको प्रष्ट देखिन्छ । एकले अर्कालाई सिध्याएर आफु हिरो हुने खेलमा संसार असहज अवस्थामा छ । माटोमा लगाइने हानिकारक मलखादका कारण उर्वरा शक्ति घटेर गएको छ । जलबायु परिवर्तनका कारण असमय वर्षा र खडेरीले खाध्यान्न उत्पादनमा कमी आएको छ । युद्धका कारण अन्न उत्पादन हुन पाएको छैन् । जिब्रोको स्वादका कारण र अल्छिपनाका कारण मानिस कृतिम र प्रोसेसिङ गरेर बनाइएका खानेकुरामा अभ्यस्त हुँदै गएको छ । पौष्टिक खाना दालभात सब्जी खाने पुरानो सस्कृति हराउदै गएको छ । जसका कारण कुपोषणका सिकार बनिने क्रम तिब्र छ । संयुक्त परिवार भन्दा एकल परिवारमा बस्न रुचाउदा हरेक परिवारमा आर्थिक भार थपिएका कारण परिवारमा ऋण बढेर गएको छ । मध्यम र न्यून वर्गिय परिवारका सदस्य घर बाहिर रहन पुग्दा परिवार टुटने, असमझदारी वढने, हत्या, हिंसा, बलात्कार, सम्बन्ध विच्छेद जस्ता समस्याले घेरिएको अवस्थामा छ । मानिस मानिसप्रति घृणा गर्न थालेको देखिन्छ । आपसमा काटमारको अवस्था वढेको छ । क्षणिक सुख पाउने आशामा मानिस जन्मभूमि र आमाबुबा अनि परिवारबाट अलगिएको छ । उच्च शिक्षा र सुखद भविस्य बन्ने सपनामा विकसित मुलुकमा पुगेर श्रम बेचेर कृतिम हाँसो देखाउन बाध्य छ । संसरमा भोमकरी वढेर गएको छ । उत्पादन घटेर गएको छ । विषादीले भरिएका खाध्य पदार्थ जताततै खुलेआम बेचिन्छन् । यसले विस्तारै मानिस लगायत पशुमा विष फैलिदै गएको पाइए पनि यसको खासै ध्यान नदिएका कारण आउने पिडीमा शरीरिक र मानसिक समस्या वढदै जाने कुरामा दुइमत छैन् । आधुनिक र बैज्ञानिक सामान जस्तै मोबाइल, कम्प्युटरको दुरुपयोगका कारण मानिस घरभित्रै बसेर समाजबाट अलगिदै छ । मानिस मानिस बाट टाढिदै छ ।

हरेक प्रकारका युद्ध, अन्वेषण, बैज्ञानिक परिक्ष्णामा प्रयोग गरिएको भूमि र निर्दोश पशुप्राणीमा परिक्षण गरिएका कारण धेरैलाई फाइदा त भयो नै होला तर परिक्षण गरिएका जनावर, वनस्पति र जमिनको भने के हुँदै छ ? यो कसले वुझने ? धर्ती सबैको साझा हो । र, यसको संरक्षण गरेर आउने पुस्तालाई हस्तान्तरण गर्न सक्नु हरेकको कर्तव्य हो । के हामी यस धर्तीलाई फलाउन फुलाउन नसक्ने अवस्थामा पुगेका हौ त ? के हाम्रो दायित्व बन्दैन त ? धर्ती नष्ट भएको देख्ने यी आँखालाई पनि सराप लाग्न सक्छ । आउने पुस्ताले हामीलाई माफी दिने ठाउँ राख्न ढिलो गर्न हुँदेन । अझै पनि धेरै बग्रिएको छैन् । धर्तीलाई मात्र प्रदुषर्णबाट बचाउनु र विषादीरहित बनाउनु पहिलो कर्तव्य हो । विभिन्न परमाणु परीक्षण अब रोकिनु पर्छ । प्रकृतिलाई आप्mनै नियममा छोडिनु पर्छ । ऋतुहरुलाई आप्mनै नियममा चल्न दिइनु पर्छ । प्रकृतिले हरेकलाई सही न्याय गर्छ । यसले सबैको हित चिताउछ र त जमीनमा जे रोपे पनि फल्छ । हरियाली दिन्छ । स्वच्छ हावा दिन्छ । आवश्यक समयमा पानी दिन्छ । धर्ती कति दानी छिन हामी हरेकले महशुष गर्नै पर्छ । हामीले सहजै महशुष गर्न सकिने चिज हो हावा । हामी सास नेफेरी कति समय बाच्न सक्छौं ? पानी नपिई कति समय बाच्न सक्छौं ? खाना नखाई कति बाच्न सक्छौं ? यी सबै त यही धर्तीले प्रदान गरेकाी छन् । यस्तो दातालाई हामी कुनै न कुनै रुपमा सताइरहेका, दोहन गरिरहेका, बेचेर अनावश्यक धन आर्जन गरिरहेका छौं जसलाई हामी यहीँ छोडेर जान्छौं र पनि धर्ती चुप छिन् । उनले आमको कोखमा बच्चा हुँदा हिर्काएका लातीले झै खुसीसाथ सहेको देखिन्छ । कुनै प्रतिक्रिया देखिदैन । बरु हामीले नै उथल पुथल पार्न उक्साईरहेका छौं । आमन्त्रण दिइरहेका छौं ।

धन्य छौ हे धर्तीमाता, तिमी भोकलाई भोजन भएर आयौं । प्यासलाई पानी बनेर आयौ । घर नहुनेलाई घर बनेर आयौ । जीवनलाई जीवित राख्न हावा बनेर आयौ । अन्वेषण गर्ने स्थल बनेर आयौं । मानिसले गर्ने फोहोरको विर्र्सजन गर्ने स्थान बनेर आयौं । स्वार्थी राजनीतिज्ञहरुका लागि युद्धमैदान बनेर बनिदियौ । मरेका मानिस र पशुलाई अन्तिम सस्कार गर्नै स्थान बनेर आयौं । पानीमा रहने करोडौं जलचरको जीवन बनेर आयौं । नयाँ स्थान पत्ता लगाउने साधन बनेर आयौं । प्रकृति प्रेमीालागि हरियाली बनेर आयौं । साहसी मानिसकालागि हिमाल बनेर आयौं । पर्यटककालागि सुन्दर र फरक रचना बनेर आयौं । पानीमा रमाउन चाहनेकालागि ताल, नदी र समुद्र बनेर आयौ । अनि जन्मिदा अज्ञानी र निरिह हरेक प्राणी र वनस्पतिलाई हुर्किने, खेल्ने, सिक्ने, ध्यान तपस गरेर जीवन र जगत बुभ्mने आधार बनेर आयौं । सम्पूर्ण जगतको रक्षार्थ हरेक वस्तु उपलव्ध गराएर यहाँ रहेका हरेक प्राणी र वनस्पतिलाई ऋणि बनाएर सदियौं देखि आप्mनो अपार माया र ममताले संसार चलाईरहेकी छौं । यो तिम्रो बात्साल्यलाई कोटी कोटी नमन् छ । हे माता, अझै पनि तिमीले यो तिम्रो अथाह देनलाई सुरक्षित राख्न केहि नयाँ उपाय लगाउँ । यी निर्दोश तिम्रा सन्तानलाई एक पटक माफ गरेर पुरानै लयमा फर्क हे माता । ऋतु अनुसारको तिम्रो वात्साल्य पुनः हामीलाई प्रदान गर । यो तिम्रा सन्तानको पुकार हो । ( लेखक ,होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.