आइजीपी खापुङले गरे इलाका प्रहरी कार्यालय दमकको निरीक्षण

दमक ,२६ असोज । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले आइतवार झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको क्षतिग्रस्त संरचनाहरुको स्थलगत निरीक्षण गरेका छन् ।
खापुङले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त संरचनाको पुननिर्माणको अवस्थाबारे जानकारी लिँदै नागरिकस्तरबाट भइरहेको पुननिर्माणको कामको प्रशंसा गरे ।
त्यस्तै महानिरीक्षक खापुङले मातहतका सुरक्षा इकाइका प्रमुख तथा प्रतिनिधिहरुलाई आवश्यक निर्देशन समेत दिँदै नागरिकको सेवामा तल्लीन हुन आग्रह गरे ।
पछिल्लो घटनाक्रमले प्रहरीको मनोवल खस्केको भन्ने भनाईमा कुनै सत्यता नभएको चर्चा गर्दे उनले देशमा शान्तिसुरक्षा अमनचयन कायम गर्न पहिलो सुरक्षा अङका रुपमा प्रहरीको भूमिका महत्वपूर्ण रहने र त्यो कर्तव्यबाट प्रहरी संगठन कहिल्यै विचलित नहुने स्पष्ट पारे ।सो क्रममा कार्यालय पुनर्निर्माणमा अगुवाई गर्ने पदम श्रेष्ठले समुदायस्तरबाट भएको काम कारबाहीका बारेमा जानकारी गराएका थिए ।
महानिरीक्षक खापुङसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्की,झापा प्रहरी प्रमुख राजन लिम्बू लगायतका प्रहरी अधिकारीहरु सहभागि थिए ।
प्रहरीका उच्च अधिकारीहरुले त्यहाँ जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग पनि शान्ति सुरक्षाको अवस्था र नागरिक –प्रहरी सहकार्यका बिषयमा संवाद समेत गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अवलोकनका क्रममा  कोशी प्रदेशभा सदस्य होमवहादुर थापा, दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाई, नेकपा एमालेका झापा जिल्ला इन्चार्ज रोमनाथ ओली,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उप सस्थिति रहेको थियो । इप्रका दमकको अवलोकनपश्चात् प्रहरी महानिरीक्षक खापुङ तेह्रथुम जिल्लातर्फ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.