मोटरसाईकल दुर्घटना चालकको मृत्यु


कन्काई,२६ असोज । आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका–३ मा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ ,उर्लावारी–४ का ५३ बर्षीय नगेन्द्रप्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.