दमक, २६ असोज । प्रदेश १ लाई पहिचानसहित लिम्बूवान राज्य बनाउन माग राख्दै आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आसन्न निर्वाचनमा प्रदेश १ का १४ वटै जिल्लामा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरि प्रदेश १ का सवै निर्वाचन क्षेत्रमा आफनो उम्मेदवारी दर्ता गराएको मञ्चले जनाएको छ । असअन्तगर्त ताप्लेजुङको प्रतिनिसभा सदस्यका लागि होम प्रसाद तुम्बाहाङफे , प्रदेशसभातर्फ (१) मा भुपेन्द्र मावो लिम्बु ,प्रदेशसभा (२) मा मुक्साम लाबुङ् , पाँचथरमा प्रतिनिधिसभातर्फ जस बहादुर योङहाङ र प्रदेशसभातर्फ (१) मा सागर केरुङ , (२) मा दिपेन्द्र चेम्जोङ् (लाबाहाङ्), इलाम १ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जित कुमार मुखिया ,प्रदेशसभातर्फ (१) मा सुष्मा फागो , निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभातर्फ गोविन्द योङहाङ् र प्रदेशसभातर्फ (१)मा टंक नुगो र (२) मा विनय फागु (विक्रम) ले उम्मेदवारी दिएका छन् ।
यसैगरि, झापा निर्वाचन क्षेत्र १ को प्रतिनिसभातर्फ पदम माया मावो, प्रदेशसभा (१) आईदेव खम्बू (यलम्बर), प्रदेशसभा (२) मा कृष्ण सेन्दाङ, क्षेत्र न. २ को प्रतिनिसभातर्फ भगिश्वर मेन्याङ्बो, प्रदेशसभातर्फ (१) भिम सेर्मा, प्रद (२) मा कसम खवास (धनबहादुर भुजेल), क्षेत्र ३ मा प्रतिनिसभातर्फ प्रेम थेवे,प्रदेशसभा (१) मा नेत्र थाङदेन, (२) मा थिर बहादुर खवास , क्षेत्र न. ४ मा प्रतिनिसभातर्फ लाहानसिं तुम्बापो ,प्रदेशसभा (१)मा उमानाथ दमाई, (२) मा राजा आङथुपो लिम्बु र क्षेत्र न. ५ मा प्रतिनिसभातर्फ कविन्द्र सेर्मा लिम्बू, प्रदेशसभा (१)मा सुर्य प्रसाद लिम्बू (योक्पाङदेन) र (२) ाम धनराज लिम्बू (तेह्रथुमे) ले उम्मेदवारी दर्ता गराएका टन् ।
यसैगरि, जिल्ला मोरङ् निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभातर्फ हर्कमान सम्बाहाम्फे, प्रदेशसभा (१)मा अर्जुन सिं लिङ्देन (२) मा जीवन खेवा लिम्बू , क्षेत्र न. २ मा प्रतिनिधिसभातर्फ खिल बहादुर खड्का, प्रदेशसभा (१) मा बल बहादुर लिम्बू ,(२) मा सुदेशी ऋषिदेव, क्षेत्र न. ३ मा प्रतिनिधिसभातर्फ चन्द्रिका लिम्बू , प्रदेशसभा (१) मा दिनेश राई, (२) मा राम कुमार लिम्बू, क्षेत्र ४ मा प्रतिनिधिसभातर्फ गुल्टेन ऋषिदेव, क्षेत्र न. ५ मा प्रतिनिधिसभातर्फ धनेश्वर ऋषिदेव
प्रदेशसभा (१) मा मंगल ऋषिदेव, क्षेत्र न. ६ मा प्रतिनिधिसभातर्फ दुखाराम माझी, प्रदेशसभा (१) मा नर बहादुर लिम्बू,(२) मा किरण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
यस्तै, सुनसरी निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभातर्फ सरस्वती सुब्बा, प्रदेशसभा (१) मा भोलामान बर्देवा, (२) मा प्रेम बहादुर लिम्बु अन्छङबो, निर्वाचन क्षेत्र न. २ मा प्रतिनिधिसभातर्फ नैन कुमार विश्वकर्मा,प्रदेशसभा (१)मा पदम तामाङ , निर्वाचन क्षेत्र न. ३ मा प्रतिनिधिसभातर्फ अमित मन्सुरी,प्रदेशसभा (१)मा दिलीता सम्बाहाम्फे,प्रदेशसभा (२) मा राजदेवी मंसुरी, निर्वाचन क्षेत्र न. ४ मा प्रतिनिधिसभातर्फ सरदिक मिया, प्रदेशसभा (१) मा इन्द्र बहादुर लिम्बू,प्रदेशसभा (२)मा अब्बास मियाँले उम्मेदवारी दिएका छन् ।्
यसैगरि, धनकुटाको प्रतिनिधिसभा सदस्यतर्फ आराम कुमार लिम्बू, प्रदेशसभा (१) मा मन कुमार राई, तेह्रथुममा
प्रतिनिधिसभातर्फ विष्णु कुमार चोङबाङ (सेसेहाङ), प्रदेशसभा (१)मा दिलकुमार साँवा लिम्बू,प्रदेशसभा (२) मा शेर बहादुर इङनाम (विकास), संखुवासभामा प्रतिनिधिसभातर्फ राजकुमार लिम्बू,प्रदेशसभा (२) मा निमा शेर्पा ,उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ कम्पास बहादुर राई (राजु), सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ लमु शेर्पालाई उम्मेदवार बनाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव तथा संचार विभाग प्रमुख दिलकुमार लावतीले बताएका छन् ।