प्रहरी चौकीका इन्चार्ज मृत फेला

धनकुटा,२४ असोज । धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् ।मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए ।‘चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए,’ प्रवक्ता महर्जनले भने, ‘थप अवस्था बुझ्न पोस्टमार्टम प्रक्रिया अघि सारिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।’

Leave a Reply

Your email address will not be published.