दमक, २५ असोज । सत्तारुढ गठबन्धनका स्थानीय नेतृत्वले झापा क्षेत्र नंम्बर ५ मा आफना साझा उम्मेदवारलाई बिजयी गराउन एक मूलसमिति सहित विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
दमकको बालुवाटारस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार सम्पन्न संयुक्त बैठकले मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई बिजय गराउन निर्वाचन परिचालन मूल समिति लगायत उपसमितिहरु गठन गरिएको माओवादी केन्द्र दमक नगर समिति अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
उनका अनु्सार बैठकले नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ। समितिको सह–संयोजकद्धयमा नेकपा (माओवादी केन्द्र )का नेता दुर्गा चौलागाई र तुलसी निरौला रहेका छन् ।
समितिको सदस्यहरुमा महेश घिमिरे, अनिलदेव राई, विरेन्द्र बस्नेत, हुकुमसिंह नेपाली, सन्तोष गौतम, रबि बस्नेत, कुमार खतिवडा, रविन गुरुङ्ग, कुल प्रसाद गिरी, भिम दाहाल, होमबहादुर बराल, नारायण राजवंशी, अग्नु राजवंशी, भुपाल कोइराला, सागर खनाल, बुद्धि न्यौपाने, प्रकाश प्रसाई, सुवास सुवेदी, खगेन्द्र बाह्कोटी, तोयानाथ सापकोटा, रोशन भण्डारी र ने।का। क्षेत्र गाउँ नगर पदाधिकारीहरु, जिल्ला सदस्यहरु र महाधिवेशन प्रतिनिधिहरु लगायत रहेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधिसभाका सदस्य महेन्द्रकुमारी लिम्बूको संयोजकत्वमा एक उच्चस्तरीय अनुगमन राजनैतिक समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकी र माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ रहेका छन् ।
त्यस्तैं, समितिको सदस्यहरुमा पूर्व सांसद विश्वदिप लिङदेन, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, शेरबहादुर भट्टराई, बीरबहादुर प्रसाई, पदम पौडेल, भूमि राज राई, प्रकाश कार्की, फूलवती राजवंशी, राजेन्द्र दाहाल, रमेश गुरागाई, सिताराम अधिकारी, नरेन्द्र साँवा, सुमित्रा वाङदेल (चेली), शान्तिराम आचार्य, दिलिप राई, पर्शु सुवेदी, प्रताप सुब्बा, छविन्द्र बस्नेत, गणेशमान धिमाल लगायत रहेका छन् ।
त्यस्तैं, निर्वाचन परिचालन मूल समिति मार्फत उम्मेदवारहरुको घरदैलो र अभियानलाई संञ्चार माध्यमहरुबाट प्रकाशन र प्रसारण गर्न रामचन्द्र अधिकारीको संयोजकत्वमा प्रचार उप–समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा पत्रकार बिमल लामिछाने र पत्रकार अनिलदेब राई रहेका छन् । सो समितिको सदस्यहरुमा डम्बर बोहोरा, सूर्य लिम्बु, दिपेश दाहाल, कमल ढुंगाना र राजु भट्टराई रहेका छन् ।
भेलाले ढुण्डीराज भण्डारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । जसको सदस्यहरुमा केन्द्र प्रसाई, दुर्गा चौलागाई, हुकुमबहादुर नेपाली, रवि बस्नेत, प्रेम भट्टराई र शशी पौडेल रहेका छन् ।
यसैगरी डम्बर पुलामी कर्माको संयोजकत्वमा युवा÷विद्यार्थी परिचालन समिति गठन भएको छ । समितिको सह–संयोजकमा गोकुल श्रेष्ठ र रोशन भण्डारी रहेका छन् ।
यस्तै, दमक नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस नेत्री रेगिना भट्टराईको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा माओवादी केन्द्रकी नेतृ राधिका ओझा र एकीकृत समाजवादीका नेतृ हरिमाया मैनाली (लामिछाने )रहेकी छिन् भने समितिका सदस्यहरुमा गौरी राई, उर्मिला कार्की दिपा गौतम, नौतली राजवंशी, चन्द्रकला भण्डारी र मेनुका राजवंशी रहेको बैठकमा सहभागि एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिए ।
आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं ५ मा संघीय संसदका लागि नेपाली कांग्रेसका तर्फबाट बौद्धिक व्यक्तित्व डाक्टर खगेन्द्र पाण्डव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् भने झापा ५ को प्रदेश (क ) तर्फ कांग्रेसकै युवा नेता जीवन राई र प्रदेश ( ख ) तर्फ माओवादी केन्द्रका युवा नेता रेवतराज पुरी (गगन ) ले उम्मेदवारी दर्ता गराएका छन् ।