मानव सेवा आश्रममा आश्रित महिलाको मृत्यु

झापा, २५ असोज । झापाको मेचीनगर -४ मा सञ्चालित मानव सेवा आश्रममा आश्रित एक जना महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिकाले उद्धार गरि पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
उनको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानब सेवा आश्रममा पठाएको थियो । योसंगै करिव एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ जना आश्रितहरुको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.