दमक ,२४ असोज । अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व चयन भएको छ । समाज विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुको छाता संस्था हो । झापाको बिर्तामोडमा शुक्रवार सम्पन्न संस्थाको पाँचौ महाधिवेशनले महेन्द्रप्रसाद चम्लागाँईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
बाह्रदशी निवासी चम्लागाई हाल कतारमा बस्दै आएका छन् । उनी सफल व्यवसायीसँगै सामाजिक अभियन्ताको रुपमा परिचित छन् ।यसअघि उनी समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए । समाजको वरिष्ठ उपाध्यक्षमा दीपक चुडाल ,उपाध्यक्षमा नगेन्द्रप्रसाद पोखरेल (नवीन) (कतार), चुडामणि कार्की (कतार), महिला उपाध्यक्षमा सीता पाण्डे चयन भएका छन् ।
त्यस्तै महासचिवमा चिरन खवास ,सचिवद्धयमा भवानीप्रसाद कोइराला , अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल र सह–कोषाध्यक्षमा रविन गिरी चयन भएका छन् ।
यसैगरि, ओशनिया क्षेत्रीय संयोजकमा निरन्जन प्रसाई (अष्ट्रेलिया), मध्यपूर्व क्षेत्रीय संयोजकमा केशव कार्की (कतार), मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा टीका धिताल (ओमन), युरोप संयोजकमा लोकेन्द्र नेपाल (बेल्जियम) , युरोप उपसंयोजक प्रकाश गिरी ( नेदरल्याण्डस) , अमेरिका क्षेत्रीय संयोजकमा आशिष संग्रौला , अमेरिका उपसंयोजकमा डिल्ली थापा चयन भएका छन् ।
समाजको नयाँ नेतृत्व चयन गर्न पूर्व अध्यक्ष दिनेश पोख्रेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिको नामावी निर्वाचन संयोजक पोखरेलले घोषणा गरेका थिए ।
सन् २०२४–२०२५ का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रूपमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उपस्थित थिए । कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।