‘मायालु गाउँको देशैमा’ गीतको भिडियो दमकमा सार्वजनिक

दमक, २३ असोज । दमकमा शुक्रबार ‘मायालु गाउँको देशैमा’ गीतको भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गर्नुअघि सो गीतको भिडियो गोर्खा डिपार्टमेन्टमा प्रदर्शन गरिएको थियो ।

गीत ‘मायालु गाउँको देशैमा’ भिडियोलाई रंगकर्मी तथा निर्देशक विक्रम फागो वनेमले निर्देशन गरेका हुन् । भिडियो सार्वजनक समारोहमा नेपाली चलचित्रका अभिनेता हेमन्त बुढाथोकी र किरात मुन्धुमका जानकार र इतिहासकार हरिप्रसाद चोङबाङको को उपस्थिति थियो ।

लोकप्रिय गीतकार सुवर्ण नेम्बाङ ‘याम्बे’को शव्द तथा लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीतमा यादन सेर्मा ‘नुनाम’ र उम्दा गायीका स्मृति पयाङगु लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने पुर्वेली गीत ‘मायालु गाउँको देशैमा’ भिडियो गायक यादन सेर्माको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त भिडियो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिनेता हेमन्त बुढाथोकी, बिशेष अतिथि लेखक हरि चोङबाङ, लेखक तथा सहित्यकार बच्चु हिमाङसु, मोडल कलाकार बिष्णु मोक्तान, संगीता लावती, सञ्चरकर्मी फिपराज बेघा, सुसन राई राई लगायतले भिडियोको बारेमा चर्चा गर्नुका साथै शुभकामना मन्तव्य राखेका थिए ।

कला क्षेत्रमा आवद्ध शुभेच्छुक कलाकारहरु, सञ्चारकर्मी व्यवसायी, उद्यमी, समाजसेवी सामाजिक व्यक्तित्व लागायत सम्पूर्ण गीत संगीत प्रेमी दर्शकहरुको बाक्लो उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रममा गायक यदन सेर्मा र गायीका स्मृति पयाङगुले गीत र भिडियाको बारेमा आफ्नो अनुभवहरु सेयर गरेका थिए ।

लिम्बू समुदायहरुको साँस्कृतिक पक्षहरु विबाह, धाननाच, केःलाङ लगायतका थुप्रै साँस्कृतिक पाटाहरुको उजागर गरिएको मौलिक पनमा निर्माण गरिएको भिडियोमा नेपाली कला क्षेत्रका चर्चित नाम बुद्धी तामाङ ‘हैट’ सन्ध्या बुढा ‘काउली बुढी’ले अभिनय गरेका छन् ।

प्रवासमा रहेर पनि गीत संगीतलाई माया गर्ने गायीका स्मृति पयाङगुकै निर्माणमा बनेको भिडियोमा बिष्णु मोक्तान र संगीता लावतीको समेत अभिनय रहेको छ भने राम केसीको छायाँकन, लोकेश थापाको श्रृङ्गार, पुजा कार्कीको सहायक श्रृङगार तथा दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी÷कार्याकारी निर्देशन रहेको छ ।

भिडियोमा पोष्ट प्रोडक्सन अनिल थोप्रा, कोरस समूह रंगभुमी कलालय धरान, केःलाङ÷ढोल समुह लिम्बू विद्यार्थी मञ्च युनिट माङसेबुङ ईलाम तथा केराबारी मोरङ र यातायात सेवा मनकुमार मगरको रहेको छ ।

भिडीयो सार्वजनिक कार्यक्रममा गायक तथा संगीतकार एकान्त आङदेम्बे, गायीका आशा लिम्बु, निर्देशक तथा कोरियोग्राफर दिनेश माङमु, निर्देशक तथा कलाकार अनिस लावती मोडल युन्छोमा सावदेन, सञ्चारकर्मी तथा मोडल मिना नेम्बाङ लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.