दमक, २३ असोज । लेखक युग पाठकले झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि क्षेत्र हो ।
पाठकले दिउँसो १ः४५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी गराएका थिए । उम्मेदवारी दर्ता पछि उनले क्षेत्र न. ५ का जनताका लागि काम गर्न उम्मेदवार दिएको उल्लेख गरेका छन् । उनले शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा ५ मा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गरिएको बताएका छन् ।
यसैगरि, कांग्रेस त्याग गरि वीपी कांग्रेसमा प्रवेश गरेका पत्रकार समेत रहेका युवा शेखर सेढाईले पनि क्षेत्र न. ५ बाट संघीय संसदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।