१० केजी गाँजासहित झापाबाट दुई जना पक्राउ

झापा,२३ असोज । सशस्त्र प्रहरीले झापाको मेचीनगर ८ बाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।पूर्व पश्चिम लोकमार्गमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले १० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
मे १ ह ३४७१ को अटोरिक्सालाई चेकजाँच गर्नेक्रममा अटोमा सवार यात्रु जिल्ला मकवानपुर गाविस कालिकाटार (४ बस्ने फुलमाया स्याङ्तान र अर्जुन मोक्तानको साथबाट १० केजी गाँजा सशस्त्र प्रहरीले फेला पारेको हो ।
अटोरिक्सा सहित उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.