
झापा,२३ असोज। झापाको अर्जुनधारा नगरपालिका–२ भेलेनी चौक छेउस्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् ।
खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो । घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।