डिपीएल नेपाल र सरस्वती टोलको दशैं विशेष कार्यक्रम

दमक, २३ असोज । वडादशैंको आगमनको आज षष्ठी तिथिका दिन झापाको दमकका दुई संस्थाले दशैं विशेष कार्यक्रम गरेका छन् ।
दमक ८मा रहेको डानामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपाल राष्ट्रिय बोर्ड र दमक ८कै सरस्वती टोल विकास संस्थाले टोलको सरसफाई गरेको छ । दशैको अवसरमा डिपिएल राष्ट्रिय बोर्ड दमकले दमकमै आयोजना गरेको दशैं विशेष शुभकामना आदान प्रदान कार्यक्रममा गच्छे अनुसारको पर्व मनाउन र सामाजिक सद्भाव एकता कायम गरेर पर्व मनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
डिपीएलका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख आतिथ्यतामा तथा डिपीएल नेपालका अध्यक्ष बालचन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा दमक -८का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश),दमक -९का वडाअध्यक्ष कुबेर भट्टराई र साहित्यकार शिव रेग्मी प्रणत लगायतले दशैको पर्वको विषयको सकारात्मक र सुधारको सन्दर्भका विषयमा बोलेका थिए ।
यता सरस्वती टोलले दमक- ८ स्थित पूर्व पश्चिम राजमार्ग दक्षिणका टोलवासीहरु आफै सहभागी भएर सरफाई गरेका छन् । दशैं लगायतका चाडपर्वको आगमनलाई स्वागतसंगै आफनो टोललाई सफा राख्नु सरसफाई गरिएको सरस्वती टोल बिकास संस्था दमक -८का सचिव राजन लुइटेलले जानकारी दिए । सडकको दायाँ र वायाँ रहेको सडकको झाङ झाडी समेत सरसफाई गरेको सचिव लुइटेलले बताए ।

Leave a Reply

Your email address will not be published.