सर्पले टोकेर महिलाको ज्यान गयो

इलाम,२२ असोज । विषालु सर्पले टोकेर इलाम नगरपालिका वडा नम्बर २ सुम्बेककी ४२ वर्षिया सीता राई (दुर्गा) को मृत्युभएको छ ।
आइतबार राती शौचालय जाने क्रममा उनलाई सर्पले टोकेको थियो । उपचारका लागि झापाको चारआली सर्पदंस उपचार केन्द्रमा लगिएको थियो । केन्द्रले उपचार गर्न नसक्ने भएपछि बिर्तामोडस्थित बिएण्डसीमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष गिरीराज रिजालले बताए । ब्लाक हिमालयन करेत नामको विषालु सर्पले डस्दा मृत्यु भएको अस्पतालले बताएको वडाध्यक्ष गिरीले बताए । मेची राजमार्गको माइखोलामा सडक अवरुद्ध भएकाले नयाँ बजार हुँदै घुमाउरो बाटो भएर उपचारमा लैजादा बढी समय लागेर बचाउन नसकिएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published.