यक्सो समाज नेपालको नयाँ नेतृत्व, अध्यक्षमा काजीमान

झापा,२१ असोज । यक्सो समाज नेपालको अध्यक्षमा काजीमान यक्सो (टाङहिम्बा) चयन भएका छन् । विर्तामोडमा आज सम्पन्न पहिलो अधिबेशनले काजीमानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजका महासचिव कुमार यक्सोको सञ्चालन तथा यक्सो वंशका अगुवा धनबहादुर यक्सोको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा हालसम्मको आम्दानी एक लाख ८ हजार रुपैयाँ र खर्च ३३ हजार ३७५ रुपैयाँको विवरण प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।
अधिवेशनमा कार्यसमितिको तर्फबाट अध्यक्ष काजिमानले पेस गरेको ७ बुँदे प्रस्ताव माथि छलफल गरी सर्वसम्मतिबाट पारित गरिएको थियो । प्रस्ताव नं. ६ मा प्रस्तुत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति बनाएर निर्विरोध रुपमा नयाँ नेतृत्व चयन गरिएको महासचिव कुमार यक्सोले जानकारी दिए ।
जसअनुसार अध्यक्षमा काजिमान, दुईजना उपाध्यक्षमा तिलबिक्रम र देवेन्द्र, महासचिवमा कुमार, सचिवमा नवराज तथा कोषाध्यक्षमा सिता लिम्बूलाई सर्वसम्मत चयन गरिएको छ ।
कार्यसमितिको बैठकले पछि दुईजना सदस्यहरु थप गर्नेगरी अधिवेशन हलबाट अमृत यक्सो, दिलकुमारी यक्सो, शिवमाया सुब्बा, मनकुमारी यक्सोलाई सदस्यमा चयन गरेको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा धनराज, तेज, लक्ष्मी, किरण र मनिष यक्सो सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई अधिवेशन हलमा नै सपथग्रहण गराएईएको थियो ।
अधिबेशन उद्घाटनमा वक्ताहरुले वंश समाजलाई सशक्त र क्रियाशील बनाएर आफ्नो भाषा, लिपी, संस्कृति संरक्षण गर्ने एवम् एकापसमा सहयोग आदानप्रदान गर्नु पर्ने जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published.