ढकालले विस्तार गरे सांस्कृतिक संघ

दमक,२१ असोज ।नेपाल सांस्कृतिक संघ दमक नगर समिति विस्तार गरिएको छ । नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आइतवार एक कार्यक्रम गरि संघलाई विधान अनुसार विस्तार गरिएको अध्यक्ष टंक ढकालले बताए ।
सांस्कृतिक संघका केन्द्रीय सदस्य बालकृष्ण निरौलाको प्रमुख आतिथ्यतामा भएको भेलाले गठित समितिको उपाध्यक्षद्वयमा आविस्कार भट्टराई अस्मिता अधिकारी चापागाईं, सचिवद्वयमा पशुपति अधिकारी , रेनुका ओली, सहसचिवद्वयमा अम्बिका ओझा र किरण पराजुली साथै कोषाध्यक्षमा तारा ढकाल चुनिएका छन् ।
२१ सदस्यीय समितिको सदस्यहरुमा एलिशा ओली, अस्मिता अधिकारी,पदमा कटुवाल, हिमान्सु जैसवाल,दुर्गा पाठक ,प्रकाश अधिकारी,अम्बिका मिश्र,सन्तोष पौडेल,हरि उप्रेती,कैलास कार्की, इन्द्र भटटराई, शम्भु राई, फुलमायाँ धिमाल ,लगायत रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेसन प्रतिनिधि मन्दरा पौडेल, प्रदेश क्षेत्र सभापति रवि केसी न्यौपाने, नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी , कार्यबाहक नगर सभापति प्रेम भट्टराई लगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिंदै कांग्रेसको सांगठानिक बिस्तारका लागी काम गर्न आग्रह गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.