दमक,२२ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओली आज दिउँसो गृह जिल्ला झापा आएका छन् ।प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गर्नका लागि उनी भद्रपुर बिमानस्थल हुदै झापा आएका हुन् ।अध्यक्ष ओलीलाई विमानस्थलमा नेता सुभासचन्द्र नेम्बाङलगायत नेता तथा कार्यकर्ताहरू स्वागत गर्न पुगेका थिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । दमक नगरपालिकाको कार्यालय परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १२ वजे उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको एमाले झापा क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले बताए ।
उनका अनुसार अध्यक्ष ओलीको उम्मेद्वारी दर्ताका लागि प्रस्तावकहरुमा केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई तोकिएको छ ।