लगनशील कृषि सहकारीको १४ औ साधारणसभा, दर्जनौ सम्मानित


दमक,२२ असोज ।
कमल ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि आफनो १४ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाको आज आफनै सभाहलमा कार्यक्रम गरि उत्कृष्ठ बचत,ऋणी ,ज्येष्ठ नागरिक ,उत्कृष्ठ कृर्षि उद्यमीहरुलाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै,सभामा संस्थाका अध्यक्ष लालबहादुर विष्टले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा परीक्षणका तर्फबाट संयोजक युवराज कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष विष्टद्धारा प्रतिवेदन प्रस्तुत गर्दे

प्रस्तुत दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक तिलक कार्कीले बताए । साधारणसभाको उद्घाटनमा तरकारी खेतीतर्फ उत्कृष्ठ ३ जना , ३ जना उत्कृष्ठ बाख्रापालक , उत्कृष्ठ मासिक बचततर्फ ५ ,उत्कृष्ठ ज्येष्ठ नागरिकतर्फ ४ जना, उत्कृष्ठ बालबचत १२ जनालाई पुरस्कृत गरियो । यस्तै, क्रमिक बचततर्फ ३ जना, आवधिक बचततर्फ ३, उत्कृष्ठ दैनिक बचत तर्फ ८ जना, उत्कृष्ठ कर्जा तर्फ ८ जना , उत्कृष्ठ डेरीतर्फ ७ जना र नियमित दुध खरिद गर्ने ३ जनालाई पुरस्कृत गरिएको व्यवस्थापक कार्कीले बताएका छन् ।
यसैगरि, उद्घाटन सभामा शेयर सदस्य परिवारका तर्फबाट एसईइमा उत्कृष्ठ हुने सामुदायिकतर्फ मंगलमय माविका सजल अधिकारी ,संस्थागततर्फ आशिक भट्टराई र अविष पौडेललाई नगद,सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । सहकारीका पूर्व अध्यक्ष समेत रहेका वडाध्यक्ष डम्बरबहादुर निरौलाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा सभामा गाउँपालिकाको सहकारी समन्वय समितिका संयोजक बलराम गजुरेल , कमल ५ वडास्तरिय सहकारी समन्वय समितिका संयोजक बालकृष्ण गौतम, बस्तीविकनस शाकोसका अध्यक्ष भूपेन्द्र लावती, लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

१०५ बर्षिय वृद्धसहित ५ जना ज्येष्ठ सम्मानित
संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई बर्सेनी सम्मान गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष पनि एक सय ५ बर्षिय ज्येष्ठ सदस्य रणबहादुर कार्कीसहित पाँच जनालाई दिर्घ जीवनको कामना गर्दे सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेमा कमला खनाल, सुर्यबहादुर चौहान,मोहन भट्टराई,भोजकुमार घिमीरे रहेका छन् । त्यसैगरि नेपाल रेडक्रस सोसाईटी उपशाखा दमक अन्तर्गत रक्तसञ्चार सेवा केन्द्रका सिद्धार्थ दाहाल र उत्कृष्ठ कर्मचारीतर्फ मिनादेवी सुवेदी( विष्ट )लाई नगद,सम्मान पत्रसहित पुरस्कृत गरियो ।

पत्रकार सुब्बा पुरस्कृत
सहकारीका क्षेत्रमा कलम चलाएवापत दमकका पत्रकार बिष्णु सुब्बालाई सहकारीले पुरस्कृत गरेको छ । सम्मानित सुब्बा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश कार्यसमितिका सदस्य तगा प्रदेशवाणी अनलाइन न्यूज पोर्टलका सञ्चालक हुन् । उनलाई संस्थाका पूर्व अध्यक्ष समेत रहेका वडाध्यक्ष डम्बरबहादुर निरौलाले सम्मान पत्र प्रदान गरे ।

Leave a Reply

Your email address will not be published.