पथरीशनिश्चरे, २२ असोज ।पथरी ११ फुटवल क्लवले प्रथम पथरी शनिश्चरे गोल्डकपको आयव्यय सार्वजनिक गरेको छ।
सोमबार पत्रकार सम्मेलनमार्फत गत असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको प्रथम पथरी शनिश्चरे गोल्डकपको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो।
खेल आयोजक समितिका अध्यक्ष सुमन विकले प्रतियोगिता आयोजनाका लागि आम्दानी ४७ लाख ६४ हजार ३ सय६६ रूपैयाँ र कुल खर्च ३६ लाख ८० हजार ५ सय ५९ रूपैयाँ भएको जानकारी दिए । उनले १० लाख ८३ हजार ७ सय ७७ रुपैयाँ बचत रकम रहेको जनाए।
प्रतियोगिताका खेल संयोजक जितन राईले खेल सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण खेलप्रेमी नगरवासी, देश विदेशबाट आर्थिक सहयोग सहित स्पोन्सर गर्ने ईन्ट्रा फाउण्डेशन अफ अमेरिका लगायत सबैमा धन्यवाद दिए।
आगामी वर्षहरुमा पनि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका आगामी संस्करणहरूले निरन्तरता पाउने जानकारी दिईयो ।