दमक,२२ असोज । मोटरसाईकलको ठक्करबाट झापाको कमल गाउँपालिका वडा न. ६ स्थित गाविसमा एक जना युवकको ज्यान गएको छ ।
दुर्घटना ज्यान गुमाएका अन्दाजी ३५ बर्षिय सन्थाल जातिको ती युवाको अझैसम्म पहिचान खुल्न सकेको छैन् । मृतकको शव अस्पतालको शव गृहमा राखिएको जनाईएको छ ।
स्थानीय ज्ञानु खरेलका अनुुसार पाडाजुंगी–गौरादह सडकको गाविसस्थित खण्डमा राति ८ वजेतिर स्थानीय लक्ष्मी आचार्यले चलाएको मोटरसाईकलको ठक्करबाट पैदलयात्री ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाईतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा रातिनै मृत्युभएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक आचार्यको समेत विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।