झुण्डिएको अवस्थामा दुई शव फेला

धनकुटा, २१ असोज । धनकुटाको बिभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । एकजना घरको कोठाभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
धनकुटाको साँगुरिगढी गाउँपालिका –४, स्थित एक्सेरुङ बस्ने करिब ४५ वर्षिय पुरुष रहेका छन् । उनी आफ्नै दिदी फुलमाया लिम्बूको घरमा पाउना गएको र घरको माथील्लो तलाको कोठाभित्र प्लाष्टिकको सुत्रिले पासो लागि झुण्डिएको अवस्थामा सोमबार करिब साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए ।
यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका –१ स्थित मचेपु पारी खाप्राङ बस्ने करिब ५५ बर्षिय हिक्मत दर्जी रहेका छन् । उनी घर छेउमा रहेको गोथनको रुखमा कपडाको डोरीले पासो लगाई झण्डिएको अवस्थामा मंगलबार बिहान करिब ८ बजे फेला परेको प्रहरी प्रवक्ता डिएसपी कार्कीले जानकारी दिए ।क
प्रहरीका अनुसार दुवै घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.