
पथरीशनिश्चरे, २१ असोज । पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ मा आज बुधबार ‘जनतासँग वडाध्यक्ष’ अन्तरक्रिया सम्पन्न भएको छ ।
वडा कार्यालयको सहयोगमा भूल्के मिडिया प्रालिले आयोजना गरेको उक्त कार्यक्रम भएको हो ।
वडावासीका तर्फबाट प्रतिनिधिमुलक रुपमा सामाजिक अगुवाहरुले वडाले गरेका कामको समीक्षा गर्दै वडाध्यक्ष सहित वडा समितिका कामकारवाही थप व्यवस्थित गर्न सल्लाह सुझाव दिए ।
कार्यक्रममा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले वडाको क्षमताले भ्याएसम्म आफुहरुले वडाको विकास र वडावासीको सेवामा सधैं खटिरहेको जनाउँदै आफ्ना काम कारबाहीलाई थप व्यवस्थित बनाउन वडावासीको सल्लाह र सुझावलाई शिरोपर गर्ने जवाफ दिए ।
कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, शिक्षासेवी रामप्रसाद न्यौपाने सहितले मन्तव्य दिएका थिए । ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नगरकै यो पहिलो कार्यक्रम हो ।