बरालले शुरु गरे एसबी फेन्सी

दमक,२१ असोज । दमकका युवा व्यवसायी सञ्जिब बरालले घटस्थापनाको साइत पारेर आजदेखि आफनै निजी घरमा जुत्ताचप्पल,व्यागको व्यवसायिक कारोबार शुरु गरेका छन् ।
दमक ६ स्थित नयाँ सब्जि बजार नजिकै उनले एसबी फेन्सी पसल सञ्चालनमा ल्याएका हुन् । सो पसलको औपचारिक कार्यक्रमका बीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उदघाटन गरे। उदघाटनको अवसरमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक लोकनाथ सिग्देलसहित स्थानीय व्यवसायी अगुवाहरु सहभागी थिए । महिला तथा बालबालिकाहरुको मागलाई ध्यानमा राखेर यसअघिको व्यवसायमा आशिंक परिवर्तन गर्दै फेन्सी आइटमलाई प्राथमिकता दिइएको बरालले बताए । उदघाटनको अवसरमा विशेष छुटको व्यवस्था समेत गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.