धनकुटा, २१ असोज । पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् ।
हिजो दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरेर गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजोनै मृत्यु भएको प्र्रहरीले जनाएको छ।
बस र बस चालक भोजपुर अरुण गाऊपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठ ईलाका प्रहरी कार्यालय पाख्रीबासको धनकुटाको नियन्त्रणमा रहेको जनाइएको छ ।
यसैगरि सुनसरीको ईटहरी उपमहानगरपालिका १६ लायन्स चौक स्थित पुर्व(पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । हिजो राती सँवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।