शुभारम्भ शाकोसको अध्यक्षमा पुनः ढुंगाना

दमक,२० असोज । दमक ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः गुरुभक्त ढुंगाना निर्वाचित भएका छन् ।  स्थानीय मारवाडी सेवा समितिको सभाहलमा आज सम्पन्न संस्थाको १३ औं बार्षिक साधारण सभाको निर्वाचन कार्यक्रम अन्तर्गत पुनः ढुंगानाको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र मोहन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा दिपक बुढाथोकी र सदस्यहरुमा गणेशबहादुर बुढाथोकी महेन्द्रकुमार श्रेष्ठ,रेखा श्रेष्ठ, लुना विष्ट र दिपक शर्मा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरि , पुनः श्रेष्ठकै संयोजकत्वमा सन्तोष कार्की र गणेश घिमिरे सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।
सहकारीको नयाँ नेतृत्व चयनका लागि निर्मल कटुवालको संयोजकत्वमा लोचन ढुंगाना र बद्री खड्का सम्मलित तीन सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित समितिलाई शनिवारनै निर्वाचन समितिले निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.