दमक, २० असोज । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको अध्यक्षमा पुनः सेसेमी सेनाल्बो चुनिएका छन् ।दमक -१ येहाङनगरस्थित सिरिजङगा सामुदायिक भवनमा शुक्रवार सम्पन्न दोश्रो अधिबेशनले सेनाल्बोको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले गठित समितिको उपकुलपतिमा मुसाहाङ अम्याङ्सा, प्राज्ञ सचिवमा रचना लाओती, प्राज्ञ अर्थमा गुमान सिंह सम्बाहाङ्फे, प्राज्ञ सदस्यहरुमा कविन्द्र सेर्मा, बिष्णु केरुङ र फुङमा तुम्रोक रहेका छन् । त्यसैगरी सोहि अधिबेशनले प्राज्ञिक समिति गठन गरेको छ । समितिमा क्रमशः शेसेहाङ फियाक,सेसेमी सेनाल्बो, मुसाहाङ अम्याङ्सा, रचना लाओती रहेका छन् । अधिबेशन सम्पन्न गर्न बिधानत तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
संयोजकमा लछामी सेर्मा पापो, सदस्य सचिवमा दिल पाक्साङ्वा, सदस्य सुमित्रा वाङ्देल चेली रहेका थिए । कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति सेर्मा ,नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, लिम्बू भाषा तथा संस्कृति बिकास केन्द्र तेह्रथुम अध्यक्ष दिल पाक्साङ्वा, लिम्बू उपन्यासकार थाकुहाङ मेरिङ, कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, लिम्बू पत्रकार संघ झापा जिल्ला अध्यक्ष देशराज नेम्बाङ, चलचित्र निर्माता निर्देशक तथा लेखक थेयुसा फागो, रुबाई मञ्च नेपाल केन्द्रीय अध्यक्ष राज कुमार सुब्बा अनिश्चित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठानको १८ जना आजीवन सदस्य तथा ९ जना संरक्षक सदस्यताको प्रमाणपत्र समेत वितरण गरेको थियो ।