शिवसताक्षी ,२० असोज । झापाको शिवसताक्षी- १ स्थित धरमपुरमा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयले छात्रबृत्ति तथा निबन्ध लेखन प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण गरेको छ ।
बिहिबार बिद्यालयको सभाहलमा आयोजित कार्यक्रममा समाजसेबी अम्बर बहादुर थापाबाट स्थापना गरिएको स्व.पिता नरबहादुर थापा तथा स्व.माता तारादेबी थापाको स्मृति अक्षयकोषको प्राप्त ब्याजको रकमले निबन्ध लेखन प्रतियोगिताको बिजेतालाई पुरस्कार साथै उत्कृष्ट २ जना बिद्यार्थीलाई छात्रबृति बितरण गरिएको हो । गत १२ गते सोही बिद्यालयमा नगर स्तरिय मावितहका बिद्यार्थीहरु बीच सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न के गर्नु पर्ला ? भन्ने विषयमा निबन्ध लेखन प्रतियोगिता संचालन गरिएको थियो ।
उक्त निबन्ध लेखन तथा बाचनका लागी नगरका १२ वटा सामुदायिक बिद्यालय मध्ये ११ वटा बिद्यालयहरु बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा क्रमशः लक्ष्रामीनारायण माविकी छात्रा समिक्षा अधिकारी प्रथम ,झिलझिले माबिकी छाात्रा रोश्नी गलान तामाङ द्धितिय , लालपानी माविकी छात्रा शुस्मा कार्की तृतीय र भानुमावि लालाझोडाका छात्र मिराकहाङ चेम्जोङ सान्तावना भएका थिए । उनिहरुलाई जनही क्रमशः १२ हजार ,८ हजार , ५ हजार र ३ हजार सहित प्रशँसा पत्र प्रदान गरिएको थियो । उक्त , नगद पुरस्कार र प्रशँसा पत्र कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मेगाहाङ थोप्रा तथा अक्षयकोष दाता अम्बरबहादुर थापाले संयुक्त हस्तान्तरण गरे । त्यसैगरि कक्षा १२को बोर्ड परीक्षामा २०७९मा सार्बोत्कष्ट अंक प्राप्त गर्ने द्धय आर्या तामाङ र रोशन बिश्वकर्मा जनही ६ हजार ५ सय रुपैया सहित प्रशंशा पत्र प्राप्त गर्न सफल भए ।
यस अक्षयकोष शिवसताक्षी नगरपालिकाको माध्यमिक तह अन्तरगतका सामुदायिक अन्तर बिद्यालयका बिद्यार्थी बिच कुनैपनि बिषयमा लेखन तथा बकतृत्वकला प्रतिस्पर्धा गराई पुरस्कृत गराउने र सोही बिद्यालयका २ उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई बितरण गर्नु मुख्य उदेश्य रहेको अक्षयकोष दाता अम्मरबहादुर थापाले बताए । र उनका अनुसार यस बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले शिवसताक्षी नगरपालिकाको सामुदायिक बिद्यालयमा अध्यनरत बालबालिकाहरुको सृजनात्मक र रचनात्मक प्रतिभा प्रफुटन तथा लेखन क्षमता बुद्धि गर्न एबम बिद्यार्थीलाई लागनशिल ,मेहेनती अनुशासित भई सर्बोत्कृष्ट नतिजा प्रेरित गर्ने अभिप्रायले नै स्वार्गिय माता पिताको स्मृतिमा अक्षयकोष स्थापना गरिएको बताए ।
उनै दाता थापाको पहलमा नेपाल -जापान मैत्रि बिद्यालयको नयाँ भवन बनाउन सफल भएको बताइएको छ ।
त्यसैगरि पूर्ब शिक्षक माधब भण्डारीले स्थापना गरेको ३ लाख रुपैयाको अक्षयकोषबाट ४ जना उत्कृष्ट तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेमा कक्षा १२ बाट आर्य तामाङ र रोशन बिश्वकर्मा हुन भने कक्षा ८ बाट प्रिया दर्नाल र नबिन कार्कीले जनही नगद ५ हजार सहित प्रशंशा पत्र प्राप्त गर्न सफल भए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिमबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिद्यालयको प्रअ खगेन्द्र लम्जेलले गरेका थिए ।अभिावकहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तब्य शिक्षक खगेन्दबहादुर दाहालले गरेका थिए भने दाताहरु माधबप्रसाद भण्डारी र अम्मरबहादुर थापाले आआफ्नो धारणा राखेका थिए ।