मंगलवारेमा भलिबल खेलाडीको शालिक, अध्यक्ष राईद्धारा शिलान्यास

कमल ,२१ असोज । भलिबल खेलको पहिचान झल्किने गरि निर्माण हुने झापाको कमल गाउँपालिका–५ मंगलबारेमा शालिकको शिलान्यास गरिएको छ ।
सगुन युवा क्लबले निर्माण शुरु गरेको शलिकको आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष समेत रहेका क्लवका पूर्व अध्यक्ष हुकुमसिंह राईले शिलान्यास गरे । मंगलवारे वजारको चौवाटोमा राखिने पूर्णकदको सो शालिक देशमै भलिबल खेल सम्बन्धीको पहिलो भएको क्लबले दावी गरेको छ ।
क्लबका सचिब रोशन दाहालका अनुसार भलिबल खेल्दै गरेको प्रतिमा स्वरुप शालिक राखिने तयारी अन्तिम चरणमा पुगेको छ । शालिक स्थापनाका लागि स्वदेश तथा बिदेशमा बस्दै आएका खेलाडी,खेलप्रेमीहरुबाट जुट्ने क्रम बढदै गएको उनले जनाएका छन् ।
देशमै भलिबल खेल धरासायी बन्दै गएको अवस्थामा स्थानीय भलिबल खेलाडीसहित क्लबको पहलमा शालिक निर्माणको तयारी धमाधम भई रहेको क्लबका अध्यक्ष देवी आङ्देम्बेले बताएका छन् ।उनले यहाँको भलिबल खेललाई थप उजागर गर्न यो शालिकले सहयोग पुर्याउने उल्लेख गरे।
क्लबले भलिबल खेल बिगत २८ वर्ष देखि आयोजना गर्दै आएको छ । क्लवले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्दै आएपछि देशभरी चर्चा पाएको थियो । यही चर्चालाई सार्थकता दिन क्लवले भलिबल खेलाडीको शालिक राख्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष आङदेम्बे बताउँछन् ।
उनका अनुसार भलिबलको शालिक राख्न ३ लाख बढी खर्च लाग्ने र त्यसका लागि सहयोग जुट्ने क्रममा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.