शहीद ‘माङ्तोक’ को १७औं स्मृति दिवस, पहिचानको आन्दोलनमा जोड

दमक,२१ असोज । पहिचानको आन्दोलनका क्रममा शसस्त्र प्रहरीको गोली लागेर शहीद भएका राजकुमार आङदेम्बे ‘माङेतोक’को १७औं स्मृति दिवसको अवसर पारेर दमकमा पहिचानवादी शक्तिहरुबीच विमर्श कार्यक्रम गरिएको छ ।
शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’ तथा मनिल तामाङ स्मृति प्रतिष्ठानले आइतबार दमकमा आयोजना गरेको विमर्श कार्यक्रममाथि पहिचानवादी नेता तथा पूर्वमन्त्री गोपाल किराँती लगायतका नेताहरुले कोशी प्रदेशविरुद्ध र आगामी आन्दोलनका बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा र  पूर्वमन्त्री किराँतीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा किराँतीले साँस्कृतिक पहिचान बिना आन्दोलन सफल हुन नसक्ने बताए । नेता किराँतीले बहुसंख्यक जातिको साँस्कृतिक अधिकार र पहिचानलाई स्थापित नगरेसम्म अवको आन्दोलनको कुनै अर्थ नरहने उनको भनाई थियो ।
कार्यक्रममा अर्का पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले पहिचानको आन्दोलनलाई होच्याउने एमाले–कांग्रेससहितका अन्य राजनीतिक दल वा शक्तिहरुलाई खबरदारी गर्दै आगामी आन्दोलनमा व्यापक जनसहभागिता हुनपर्नेमा जोड दिए ।
यस्तैं, कार्यक्रममा पहिचानवादी मोर्चाका नेता अशोक चेम्जोङ, किरात राई यायोक्खाका उपमहासचिव एबम् पत्रकार अर्जुन जम्नेली राई, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव पदम अधिकारी, नेता प्रेमदीप थाम्सुहाङ, नेता लोकसागर साम्बा, जसपा झापाका नेता दिपेनबाला राई, जनमुक्ति पार्टीका उपाध्यक्ष मनु खेवाङ, पहिचानवादी मोर्चाका सदस्य बाङगाई धिमाल, गंगा शेर्मा राई, शर्मिला आङ्देम्बे, अग्नीमाया मेचे, महेन्द्र चाम्लिङ, गजेन्द्र लिम्बू लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.