मेची पेट्रोलियम ढुवानी सेवाको अध्यक्षमा दमकका टीकाराम

बिर्तामोड,२० असोज । मेची पेट्रोलियम ढुवानी सेवाको अध्यक्षमा टीकाराम पिठाकोटे सर्वसम्मत चयन भएका छन् ।झापाको बिर्तामोडमा शनिबार सम्पन्न पहिलो साधारण सभाबाट पिठाकोटे अध्यक्षमा चयन भएका हुन् । उनी दमकस्थित सगरमाथा आयल सेन्टरका सञ्चालक हुन् ।
त्यस्तै समितिको उपाध्यक्षमा बिनोद बस्नेत, सचिव तोकप्रसाद दुलाल र कोषध्यक्षमा बिनोद चापागाईँ सर्वसम्मत रुपमा चयन भएका छन् ।समितिको सदस्यहरुमा उत्तमकुमार श्रेष्ठ, अमित सरिया, गौरीप्रसाद भण्डारी, दिपेश रिजाल र तारानाथ उप्रेती चयन भएका छन् । समितिको मनोनित सदस्यहरुमा बालकुमार भण्डारी र दुर्योधन गुरुङ रहेका छन् ।
समितिको सल्लाहकारहरुमा नविन कोइराला, चन्द्रबहादुर डाँगी, लयप्रसाद भण्डारी, प्रेमप्रसाद दाहाल, भूपालराज कटुवाल र शिवकुमार गुप्ता रहेका छन् ।
पेट्रोलियम ब्यवसायलाई ब्यवस्थित बनाउँदै वितरण प्रक्रियामा सहजता ल्याउने उद्धेश्यले मेची पेट्रोलियम ढुवानी सेवा प्रारम्भ गरिएको हो । मेची पेट्रोलियम ढुवानी सेवा तदर्थ समितिका अध्यक्ष टिकाराम पिठाकोटेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथिको रुपमा नेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल रहेका थिए ।

Leave a Reply

Your email address will not be published.