
दमक, २१ असोज, झापाको दमक १० स्थित राधा कृष्ण मन्दिरमा आजबाट सामुहिक नवदुर्गा पुजा आरम्भ गरिएको छ ।
स्थानीय दुर्गा पुजा आयोजक समितिले यहि असोज २१ गतेदेखि नवरात्रको अन्तिम दिन असोज २९ गतेसम्मकालागि सामुहिक नवदु्र्गा पुजाको आयोजना गरेको हो ।
राधा कृष्ण मन्दिर समितिको आयोजना तथा स्थानीय संघ संस्थाहरुको सहकार्यमा शुरुगरिएको नवदुर्गा पुजा अवधिभर बिहान दैनिक चण्डिपाठ पारायणका साथै पुजा आजागरिने जनाएको छ ।
शुभ विजया दशमी २०७८को अवसरमा आयोजना गरिएको सो सामुहिक पुजामा सन्ध्या कालिन समय नित्य पुजा आरतीका साथै स्थानीय भजन कृतन मण्डलीहरुको उपस्थितीमा भजन कृतन समेत हुने आयोजकले जनाएको छ ।
इन्द्रेणी ताल परिसरमा रहेको मन्दिरको प्रचार प्रचार तथा सम्र्बधन समेतगर्ने उदेश्यले समेत वडा दशैको अवसरपारेर सामुहिक नवदुर्गा प्ुजाको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।