सौरभ स्मृति कप :केर्खा स्टार विजयी

कमल, २० असोज। कमल ५ गुहेश्वरी स्थित खेल मैदानमा आज भएको खेलमा केर्खा स्टार विजयी भएको छ । उसले बेलडाँगीको वीवाईसीलाई शून्यका बिरुद्ध ३ गोल गरि जित हासिल गरेको हो ।
जितसंगै भेटरान दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । तीन वर्ष अघि सडक दुर्घटनामा परि निधन भएका स्व.सौरभ ताजपुरियाको स्मृतिमा सोमबारदेखि फूटवल प्रतियोगिता शुरु भएको हो ।
आयोजक स्व. सौरभ स्मृति कपका संयोजक गचन सुब्बाका आज भएको खेलमा विजेता टिमका देविन राई म्यान अफ दि म्याच घोषित भए । उनलाई स्व.शौरभका पिता सत्यनरायण ताजपुरियाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुने जनाइएको छ ।
संयोजक सुब्बाका अनुसार प्रतियोगितामा झापा,मोरङ र इलामका विभिन्न आठ वटा टिम सहभागि रहेका छन् ।जसअन्तर्गत भोलि विहिबार पहिला् चरणको अन्तिम खेल शिवसताक्षीको फाक्तेपस्थित एफएफसी र नवदिप युवा क्लव वीच हुने जनाइएको छ ।
पहिलो चरणको खेल सकिए लगत्तै असोज २२ र २३ गते देखि दोश्रो चरणको सेमिफाइनलका दुई खेल हुने जनाईएको छ ।
प्रतियोगितामा विजेतालाई नगद रु ५५ हजार र उपविजेतालाई नगद रु २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ हुने गोलकिपर,उत्कृष्ठ खेलाडी लगायतलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.