बाढीपहिरोवाट ज्यान गुमाउनेको संख्या ६० पुग्यो

झापा, २० असोज । देशका विभिन्न जिल्लामा भएको भारी वर्षापछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो।

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ । त्यस्तै सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाको ज्यान गएको हो।
इलाममा मृतकको सामूहिक अन्त्येष्टि

इलाम नगरपालिका–६ घोषमा पहिरो जाँदा ज्यान गुमाएकाहरूको सामूहिक अन्त्येष्टि गरिएको छ । शनिबार राति गएको पहिरोमा परी विराज पाख्रिन तामाङको घरमा ६ जनाको ज्यान गएको थियो ।
६ मध्ये ३ जना विराजका परिवारका सदस्य हुन् । २ जना पाहुना र एकजना छिमेकी हुन् । शनिबारको पहिरोमा इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएका सबैको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.