चुम्लुङ झापाका नवनिर्वाचित समितिको सपथग्रहण

झापा,२० असोज ।किरात याक्थुङ चुम्लुङ झापा शाखाको नवनिर्वाचित समितिकोे सपथग्रण सहित पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
असोज ४ र ५ गते सम्पन्न ११ औं जिल्ला अधिवेशनले नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको मिति तय गरेकोे थियो । निर्वाचनबाट अध्यक्षमा शेसेहाङ फियाक दोश्रो कार्यकालका लागि निर्वाचित भएका थिए । सोहि निर्वाचन प्रक्रियाबाट निर्वाचित जिल्ला कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण समितिलाई शनिवार शपथ ग्रहण गराइएको छ । १८ सदस्यीय जिल्ला समितिको सचिव र अध्यक्षमा निर्वाचन भएको थियो । निर्वाचित समितिलाई निर्वाचन समिति संयोजक संघीय सदस्य अमृत योङहाङले शपथग्रहण गराएका छन् ।
शपथ ग्रहण गरे पश्चात् किरात याक्थुङ चुम्लुङ झापा शाखाको हाताभित्र स्थापित त्येअङ्सि सिरिजङगा सिंथेवेको शालिक र जग्गादाता नरेन्द्र बहादुर आङबुहाङ र कमलादेवी आङबुहाङको शालिकमा माल्यार्पण गरि अध्यक्ष फियाकले पदभार ग्रहण गरे ।
शपथ ग्रहण कार्यक्रममा संघीय सदस्य चन्द्रकला सुब्बा, पूर्व जिल्ला सचिव कृष्ण कुमार थेवे, कियाचु भद्रपुर नगर अध्यक्ष मुना इजम कन्दङ्वा, विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, निवर्तमान सचिव प्रेमचन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.