मंगलवारेमा एकादशी मेला, सन्थाल नृत्यमा शिवसताक्षीको टोली उत्कृष्ठ ( फोटो फिचर )

दमक, २० असोज । झापाको कमल गाउँपालिका ५ मंगलवारे वजारमा अघिल्ला वर्षझै यसवर्ष पनि भव्य रुपले आज सांस्कृतिक मेला लागेको छ । एकादशीका अवसरमा आयोजना गरिएको मेलामा लोपोन्मुख आदिवासी सन्थाल नृत्य प्रतियोगिता गरिनुका साथै मेला भर्न ठुलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
मंगलवारेमा वर्षोदेखि एकादशी मेला लाग्दैआएको छ । सन्थाल नृत्य मुख्य आर्कषण रहेको सो मेलाको आयोजना स्थानीय सगुन युवा क्लवले गरेको थियो । मेलामा स्थानीय कृषि उपज,खेलतमासा , विभिन्न खाद्यान्न लगायतका व्यापार राखिएको थियो ।
त्यस अवसरमा आयोजना गरिएको सन्थाल नृत्य प्रतियोगितामा झापा,शिवसताक्षीको सुरज लेवर सन्थाल क्लव प्रथम बन्न सफल भएको थियो । विजेता क्लवका कलाकार टोलीले दिनभरि आफनो प्रतिभा प्रस्तुत गरेका थिए । त्यस्तै, झारवारी सिंङ शिर्मा बेगम मार्शल टोली दोश्रो , सागेन बाहादुरानी सन्थाल क्लव कमल तेश्रो भएको थियो ।
उत्कृृष्ठ हुने टोलीसहित सान्तवना प्राप्त सन्थाल कलाकार टोलीलाई जनही ११ हजारर, ९ हजार, ७ हजार र ३५ सय प्रदान गरिएको क्लवका सचिव रोशन दाहालले बताए ।
क्लवका अध्यक्ष देवी आङदेम्बेको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा क्लवका पदाधिकारी,सदस्य ,स्थानीय सामाजिक अगुवाहरु लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.