दमक,२० असोज । अविरल वर्षाका कारण डुवान तथा विस्थापित बनेका झापा, कमल गाउँपालिका वडा नं. ७ का २६ परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा गाउँपालिकाले बाढी प्रभावित स्थलमै पुगेर पीडित परिवारलाई आइतवार चामल, दाल, नुन, तेल, सोयाबिन, जिरा, बेसार र भाँडाकुडा लगायतका राहत सामग्रीहरु प्रदान गरेको हो ।
ती राहत सामाग्रीहरु पालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, कमल ७ का वडाअध्यक्ष पृथ्वीपति राई, रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साह,सचिव पारषमणि राई लगायतले हस्तान्तरण गरेका थिए । यस्तै,रेडक्रसले बाढीवाट विस्थापित दुई परिवारलाई समेत राहत सेट सामाग्री वितरण गरिएको सभापति साहले बताए ।
शनिवारदेखि परेको अविरल वर्षाका कारण कमल गाउँपालिका ६ को खयरवारी र कमल -७ को लालपानीदेखि दक्षिण झर्काहा सम्मको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।
बाढीका कारण २ सय १५ घरधुरी प्रभावित भएका छन्, जस मध्ये २६ घर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको जनाईएको छ । राहत वितरण गर्दे पालिका अध्यक्ष राईले आगामी दिनमा वडाको सिफारिस अनुसार क्षतिग्रस्त घरहरूको मर्मत सहयोग पनि गर्ने प्रतिबद्धता जनाए ।
यसैवीच , बाढी र डवानका कारण कमल गाउँपालिकामा बढी प्रभावित बनेको वडा न.७ का विभिन्न स्थानमा पालिका अध्यक्षसहितको जनप्रतिनिधि,रेडक्रस प्रतिनिधिहरुको टोलीले स्थलगत अवलोकन गरेका छन् ।
