दमक,१९ असोज । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले विभिन्न उपसमितिहरु गठन गरेको छ ।नवनिर्वाचित सञ्चालक समितिको आज सम्पन्न दोश्रो बैठकले संस्थाको दैनिक कार्यसम्पादनमा सघाँउ पुरयाँउन विभिन्न विषयगत एक दर्जन बढी उपसमितिसहित एक सल्लाहकार समिति गठन गरिएको सचिव दिपेनवाला राईले बताए ।
संस्थाका अध्यक्ष लछुदास राईको अध्यक्षतामा बसेको बैठकले सहकारीका संस्थापक जितमान राईको संयोजकत्वमा नौ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको छ । गठित सल्लाहकार समितिको सदस्यहरुमा निर्वतमान अध्यक्ष धनराज राई,लोकप्रसाद कन्दङवा, उद्धव राई, ऐमानसिंह लावती, भिमप्रसाद कन्दङवा,मेहरमान लिङदेन,इन्द्रमान चाम्लिङ र सुमित्रा वाङदेल चेली रहेका छन् ।यसैगरि, अधिबक्ताद्धय मकवान मेन्याङवो र देवेन्द्र भण्डारीलाई कानुनी सल्लाहकारका रुपमा मनोनयन गरिएको सचिव राईले बताएका छन् ।
बैठकले संस्थाका उपाध्यक्ष कृष्णबहादुर गोलेको संयोजकत्वमा ऋण उपसमिति, सदस्य पदमबहादुर तामाङको संयोजकत्वमा धितो मूल्याङकन उपसमिति, सचिव दिपेनवाला राईको संयोजकत्वमा शिक्षा उपसमिति,सदस्य बासुदेव राईको संयोजकत्वमा बचत व्यवस्थापन, सहसचिव फूलसरी रानाको संयोजकत्वमा महिला उपसमिति, सदस्य पारषमणि राईको संयोजक बहुउद्देश्यीय उपसमिति, सदस्य विष्णु सुब्बाको संयोजकत्वमा सूचना ,सञ्चार तथा प्रविधि उपसमिति ,बर्तकुमार सुब्बाको संयोजकत्वमा ऋण असुली उपसमिति,सचिव राईकै संयोजकत्वमा चलअचल सम्पत्ति खरिद तथा विक्री उपसमिति,संस्थाका अध्यक्षको संयोजकत्वमा संस्था एकीकरण तथा प्राप्ति उपसमिति गठन गरिएको व्यवस्थापक लिलाराज तुम्बापोले जानकारी दिए ।
यसैगरि ,बैठकमा नवनिर्वाचित सदस्य बासुदेव राईलाई अध्यक्षद्धारा सपथग्रहण समेत गराएका थिए । बैठकले यसवर्ष संस्थाको रजतवर्ष समेत भएकाले रजतवर्ष भव्य रुपले सफल बनाउन संस्थाका अध्यक्षको संयोजकत्वमा पदाधिकारी सम्मलित रजतवर्ष कार्यसम्पादन उपसमिति गठन गरिएको बताईएको छ ।