राष्ट्रिय शारीरिक पुनःस्थापना सेवा प्रदायक संघको अध्यक्षमा पुनः मैनाली

काठमाडौ,१९ असोज । राष्ट्रिय शारीरिक पुनःस्थापना सेवा प्रदायक संघको अध्यक्षमा पुनः यमनाथ मैनाली चुनिएका छन् ।काठमाडौमा आज सम्पन्न संघको १२ औ साधारणसभा तथा ५ औं अधिबेशनबाट मैनालीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा प्रह्लाद पराजुली,महासचिवमा नवीन दाहाल, सचिवमा हितेश न्यौपाने र कोषाध्यक्षमा मिना पौडेल चुनिए भने सदस्यहरुमा कृष्णराज भट्ट,बिष्णु गिरी र कपिल पोख्रेल चुनिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्टरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. रबिन्द्र बास्कोटाको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा संस्थाका संस्थापक अध्यक्ष अमितरत्न वज्राचार्य, निवर्तमान अध्यक्ष कपिल पोख्रेल लगायत संस्था सँग आबद्ध रहेका साझेदार संस्थाहरूलाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरिएको थियोे।
साधारणसभामा अध्यक्ष यमनाथ मैनालीद्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना पौडेल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मत पारित गरी संघको बिधान संसोधन समेत गरिएको सचिव हितेश न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.