सिक्किममा मृत्यु हुनेको संख्या १४ पुग्यो

झापा, १८ असोज । ल्होनाक ताल विस्फोटपछि भारतको सिक्कीमस्थित टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै २२ सैनिकसहित १०२ जना बेपत्ता छन् । बाढीबाट २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । २६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँ पानीको सतह १५ मिटरभन्दा माथि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
बाढीबाट घरमै थुनिएका र फसेकाहरूको उद्धार तीव्र पारिएको छ । अहिलेसम्म करिव ४ हजार जनाको उद्धार गरिएको जनाइएको छ । उद्धारमा सिक्किम प्रहरी र भारतीय सेनासहित आधा दर्जन निकाय खटिएका छन् ।

Leave a Reply

Your email address will not be published.