झापा क्षेत्र ५ बाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सिटौलाको उमेद्वारी

दमक, १९ असोज । नेपाली कांग्रेसको जारी चौधौ महाधिबेशनमा कांग्रेस युवा नेता मेदनी प्रसाद सिटौलाले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा आफनो उमेदवारी रहने जनाएका छन ।

सिटौलाले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो कुराको सार्वजानिक गरेका हुन । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा रहेर लामो समयसम्म सिटौलाले कुशल जिम्मेवारी पुरा गरिसकेका छन ।

२०४८ देखी २०५१ सम्म नेपाल ल क्याम्पसको नेविसंघ ईकाईमा रहेर कामगरि आएका सिटौला २०५९ देखी २०६१ सम्म नेविसंघको केन्द्रीय उपाध्यक्ष जस्तो जिम्मेवारी समेत पुरागरि सकेका छन । यसैगरि सिटौलाले २०६७ देखि २०७२ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन ।

विद्यार्थी जीवनमा रहदा मुलुकको परिवर्तनकालागि बिभिन्न समयमा भएका राजनीतिक परिर्वतनका आन्दोलनहरुमा पटक पटक जेल जीवन समेत विताएका सिटौला निवर्तमान महासमिति सदस्य समेत हुन ।

सिटौलाले पार्टी संगठनलाई गतिशिल बनाउदै बिभिन्न संघ संस्थाहरुमा रहेका बिभिन्न सामाजिक गतिविधिहरु समेत सक्रिय रुपमा गरिआएका छन ।

परिवर्तन संभवन छ तर त्यसकालागि संकल्प जरुरी छ भन्ने ठानेर नै आफुले कन्द्रीय महाधिबेशन प्रतिनिधिका लागि उमेदवारी रहने सिटौलाले बताएका छन । समाज र देश बदल्न पहिला आफुमा बदलिन आवश्यक रहेको पनि उने बताएका छन ।

अब हरेक कांग्रेसले बदलिदै सिङो काग्रेस पार्टीं सुधार र मुलुक निर्माणको संकल्प गर्न आवश्यक रहेको पनि उनले बताएका छन । आम नागरिकको भावना अनुसारको नेपाली माटो सुहाउदो कांग्रेस पार्टी निर्माणगर्न आवश्यक रहेको सिटौलाले बताएका छन ।

नेपाली राजनीतिमा कांग्रेसको शुद्धिकरण, रुपान्तरण र आमुल परिर्वतनकालागि चौधौ महाधिबेशन निकै फलदायी र महत्वपूर्ण हुने भएकोले झापा क्षेत्र ५ का सम्पूर्ण वडा सभापति, क्षेत्रिय प्रतिनिधि लगायत शुभचिन्तक सवैमा आफनो अमुल्य मत दिएर साथ समर्थन र सहयोग गरिदिन सिटौलाले आग्रह समेत गरेका छन

Leave a Reply

Your email address will not be published.