
इटहरी, १९ असोज पूर्बको प्रमुख ब्यापारीक केन्द्रको रुपमा बिस्तार हुर्दै गएको इटहरी उपमहानगरपालिकामा मा केहि दिनयता सामाजिक अपराधका घटनाहरु बृद्धि हुदैगएको पाइएको छ ।
इटहरीको सुरक्षाका लागि जडान गरिएका सिसी क्यामरा मर्मत तथा सञ्चालनमा सम्बन्धित निकायहरुले चासे नदिदा अपराधिक क्रियाकलापमा समेत बृद्धि हुदैगएको उपमहानगरवासीले गुनासो गरेका छन ।
पछिल्लो समय इटहरीलाई लागु औषध ओसार पसारको मुख्य केन्द्रको रुपमा समेत हेरिन थालेको छ । यहाँबाट कोशी पहाडी राजमार्ग र पूर्वपश्चिम महेन्द्र राजमार्ग समेत जोडिने भएकोले पनि यस क्षेत्रमा मानिसहरुको चहलपहल समेत दैनिकजसो बाक्लो हुने गर्दै छ । जसका कारण यस क्षेत्रको सुरुक्षा चुनौती पनि बढाइएको छ ।
इटहरी क्षेत्रबाट दैनिक जसो लागू औषधमा संलग्घनहरु समेत पक्राउपर्ने गरेका छन भने यस क्षेत्रमा अन्य सामाजिक अपराधका घटनाहरु पनि बढदो क्रममा रहेको देखिएको छ ।
शहरको सुरुक्षाकालागि राखिएका सिसी क्यामराको मरमत र रेखदेख हुन नसक्दा इटहरीका धेरै स्थानमा जडान गरिएका सिसी क्यामरा कामैनलाग्ने अवस्था पुगि सकेका छन ।
इटहरीका बिभिन्न स्थानमा गरि झन्डै ३५ वटा क्यामारा जडान गरिएको भएपनि हाल २७ वटा क्यामराहरु पुर्ण रुपमा विग्रीएका कारण प्रयोग बिहिन बनेका छन ।
उपमहानगरको सुरक्षामा सहयोग पुर्याउने उदेश्यले लाखौ रुपैया लगानी गरेर इटहरी उपमहानगरपालिका ९ नम्बर वडाले जडान गरेको ६ वटा, ४ नक्बर वडाले जडान गरेको ५ वटा, प्रदेश १ सरकारले जडान गरेको ७ वटा , उद्योग वाणिज्य संघ इटहरीले ८ वटा , १ नम्बर आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले २ वटा गरि कुल ३५ वटा क्यामरा जडान गरेको थियो ।
तर हाल इलाका प्रहरी कार्यालय परिसर भित्रका ७ वटा क्यामारा सञ्चालनमा छन र त्यो भन्दा बाहिर बजार क्षेत्रमा जडान गरिएको १ थान क्यामरामात्र सञ्चालनमा रहेको पइएको छ ।
कोशी राजमार्ग अन्तर्गत इटहरी उपमहानगर क्षेत्रमा समेत सिसि क्यामेरा राख्ने विषयमा तयारी पारीएको प्रतिवेदन उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बुझाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले मेयर चौधरीलाई सो प्रतिवेदन बुझाएका थिए ।
इटहरीको चारकोसे झाडिबाट खनार हुदै सोनापुर सम्म ३० वटा क्यामारा जडान गर्न माग राखिएको छ । इटहरी बजार क्षेत्रकै क्यामारा बिग्रदा सामाजि अपराधका घटना समेत बडेर गएको नागरिक समाज इटहरीका अध्यक्ष राजु केसिले बताए ।
जडान गरिएको क्यामराहरुको समेत उचित मर्मत सम्भार हुन नसक्दा बजार क्षेत्रका अधिकांश क्यामरा बिग्रिसकेका र यस विषयमा सम्बन्धित सरोकारवाला निकायलाई बारम्बार सम्पर्क गर्दा समेत सुनुवाई नभएको अध्यक्ष केसीले गुनासो गरे ।
जडान गरिएका क्यामराहरुको उचित हेरचाह नहुनु पूर्ण गुणस्तकरा क्यामरा जडान नगरिदा रातिको समयमा हुने गरेका अधराधिक घटनाहरुको अनुसन्धानमा समेत समस्या हुनेगरेको डिएपी केसीले गुनासो गरे ।
इटहरीका सिसी क्यामरा विग्रएको विषयमा चौतर्फी आलोचना हुन थालेपछि इटहरमा जडान गरिएको क्यामराहरुको चाँडै मर्मत गरि सञ्चालनमा ल्याइने मपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बताए । नगरका बाँक संबेदनशिल क्षेत्रमा पनि थप क्यामरा जडानगरिने प्रमुख चौधरीको भनाई रहेको छ ।