गजल

तिला लेकाली बेलबारी,मोरङ।

तिला लेकाली
हो, तिमी उम्लियौ नि१ पोखिनु पर्छ
यो न्यायको तुलोमा जोखिनु पर्छ

सोच्दा हौ निरन्तर हो मेरो यात्रा
समय आएपछि रोकिनु पर्छ

ढुङ्गा त्यसै कहाँ बन्छ सालिग्राम
किनारामा पटकौँ ठोकिनु पर्छ

खुशी छु आफैँलाई बोक्न पाएकोमा
मुर्दाले पो अर्काबाट बोकिनु पर्छ

खस्रा नराम्रा बस्तु को हेर्छ र टिप्छ
नरम राम्राले नै त निमोठिनु पर्छ।

Leave a Reply

Your email address will not be published.