दमक ,१८ असोज । झापाको दमक- ९ स्थित समता कृषि सहकारी संस्थाको सञ्चालक तथा लेखा समितिको नयाँ नेतृत्व चयन भएकोछ ।
शुक्रवार सम्पन्न सहकारीको १३ औ चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट पर्शुराम रिजालको अध्यक्षतामा पुनः नयाँ सञ्चालक समिति गठन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा शर्मिला भुर्तेल,सचिवमा गिता भट्टराई ,सहसचिवमा उमा अधिकारी र कोषाध्यक्षमा गोपाल तामाङ लगायत चुनिएका छन् ।यसैगरि,सञ्चालक समितिको सदस्यहरुमा शान्तिराम भट्टराई ,बद्री राई ,धनबहादुर कुँवर ,लिल बहादुर गौतम ,हस्त बहादुर पौड्याल,होमा सुन्दास चुनिएका छन् ।
सोहि सभाले लक्ष्मी नेपालको संयोजकत्वमा लेखा सुपरिबेक्षण समिति गठन गरिएको छ । लेखा समितिको द्धय सदस्यमा शसिरन्जन जैसवाल र जितु धिमाल चुनिएका छन् ।