झापा , १८ असोज । झापाको शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मत्यु हुनेमा शिवसताक्षी वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुार पैदलयात्री विष्टलाई विहिबार साँझ प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बिष्टलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा उपचारका क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको मृतकका भतिजा दाताराम बिष्टले बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकल र सोका चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।