दमक,१७ असोज । झापाको दमक नगरपालिका भित्र बसोबास गर्ने अपाङगता भएका ७२ जनालाई ह्वीलचियर प्रदान गरिएको छ ।गत आर्थिक बर्षको बजेटबाट अपाङगता भएकाहरुसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा ६३ वटा र नगरपालिकाले सोझै ९ वटा ह्वीलचियर वितरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले जानकारी दिइन् ।
नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले मंगलबार र बुधबार अपाङगता भएकाहरुलाई घर घरमै पुगेर ह्वीचियर हस्तान्तरण गरेकी हुन् । नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई आवश्यकताका आधारमा १० वटा लठठी समेत वितरण गरेको जनाइएको छ ।
एउटा बेड र थप दुई वटा ह्वीलचियर अपाङगता भएकाहरुलाई घरमै पुगेर हस्तान्तरण गर्ने गरिने शाखाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख भट्टराईले शारीरिक रुपमा हिंडडुल गर्न नसक्ने अशक्तता भएका लक्षित समुदायहरुको दैनिक जीवनयापनमा सहजता प्रदान गर्न घर घरमै सहायता सामग्रीहरु पुरयाउने लक्ष्य राखिएको बताइन् । पछिल्लो तथ्याङक अनुसार दमक नगरपालिका भित्र अपाङगता भएकाहरुको संख्या ७०० बढी छ ।