दमक हस्पिटलका डा. गैरेले २ करोड अपचलन गरेको ठहर

दमक,१७ असोज । दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट सञ्चालक डा. चन्द्र प्रकाश गैरेले २ करोडबढी अपचलन गरेको आन्तरिक विवाद समाधान समितिले औंल्याएको छ ।
दमक नगरपालिकाको वडा नं ८ कार्यालयद्धारा हस्पिटलका सञ्चालकहरुबीचको जारी बिबाद मिलाउन गठन गरिएको समितिले वडालाई बुझाएको प्रतिबेदनमा सो कुरा उल्लेख छ । सञ्चालक गैरे बिराटनगरस्थित बिराट टिचिङ हस्पिटलमा फुलटाइम काम गर्छन् भने दमककै ओम शान्ति डेन्टल हस्पिटलका मालिक हुन् । उनी ऊँ शान्तिमा बिदाका दिन आएर काम गर्ने गर्छन् ।
दमक हस्पिटलका मालिकहरुको आन्तरिक बिबाद उत्कर्षमा पुगेपछि वडा नं. ८ कार्यालयमा भएको सर्बपक्षिय भेलाले बिबादबारे अध्ययन गर्न वडा सदस्य खेम बहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अम्बिका खनाल, लिला गुरागाई, डिल्ली प्रसाद न्यौपाने र कृष्ण कार्की सदस्य थिए । समितिले केहीदिन अघि ८ नं.वडा कार्यलयका वडाध्यक्ष दिपेश दाहाललाई प्रतिबेदन बुझाएको थियो ।
हस्पिटल एकलौटी संचालन गर्दै डा. गैरेले २ करोडबढी अपचलन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । उनले हस्पिटलको शेयर दिने भन्दै उठाएको रकम र हस्पिटलबाट अपचलन गरेको रकम २ करोडबढी देखिएको हो । हस्पिटलमा कार्यरत डाक्टर संजय रिमाल, डाक्टरहरु प्रकाश शर्मा, बिमला बुढाथोकी, दिब्य तुलाचन, लिलासुन्दर श्रेष्ठसहित ८ जनालाई शेयर दिने भनेर ६१ लाख उठाएर लगेको तर शेयर नदिएको समितिको प्रतिबेदनमा उल्लेख छ ।

…………………………………………………………………………………………………………………………………………………………..

हस्पिटलको सम्पूर्ण आय बिबरण प्रष्ट देखिएपनि ब्यय बिबरण अस्पष्ट र अपारदर्शी देखिएको प्रतिबेदनमा उल्लेख गर्दै भनिएको छ ,–‘ ब्ययको ५० प्रतिशतबढीको आधिकारिक बिल भौचर देखिदैन, ठुलो रकमको चेक ब्यक्तिको नाममा काटेर रकम अपचलन गरेको देखिन्छ । कर कार्यलयमा कर बुझाउँदा, स्वास्थ्य बिमा ल्याउँदा, बिमाको रकम ल्याउँदा र हस्पिटल नबिकरण गर्दा ठुलो रकम खर्च गरेको भनिएपनि त्यसको आधिकारिक बिल भपाई देखिदैन् ।’

……………………………………………………………………………………………
त्यस्तै आफन्तसहित बिभिन्न ब्यक्तिको नाममा चेक काटेर संचालक गैरेले ठुलो रकम अपचलन गरेको र सो रकम हस्पिटलमा जम्मा गर्न पनि समितिले सुझाव दिएको छ । उनले हस्पिटलको फार्मेसी ठेक्कामा लिएर चलाएको र सम्झौता अनुसार हस्पिटललाई रकम नदिएको समितिले औल्याएको छ । बिक्रीको १५ प्रतिशत रकम दिने सम्झौता गरि फार्मेसी संचालन गरेको र तर त्यसबापत गैरेले ६१ लाखबढी रकम हस्पिटललाई दिनुपर्ने समितिले सुझाएको छ ।
हस्पिटलबाट बाहिर जाने ल्याव टेस्ट भनेर बिभिन्न मितिमा संचालक संचालक गैरेले २९ लाख अपचलन गरेको देखिएको प्रतिबेदनमा उल्लेख छ । दमक हस्पिटलबाट आउटसोर्सका लागि दमककै निर्णायक रेफेरेन्स ल्याव प्रालिमा स्याम्पल गएको तर सो रकम निर्णायक ल्याव वा अन्य ल्यावलाई नदिई आफै लगेको देखिएको समितिले जनाएको छ ।
मालिकहरुको आन्तरिक बिबादका कारण हस्पिटल बन्द हुनसक्ने सम्भावना देखिएको भन्दै समितिले प्रतिबेदनमा त्यसका लागि स्थानीय सरकारलाई दुबै पक्षलाई राखेर बार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएको छ । सञ्चालकहरुको आन्तरिक द्धन्दले हस्पिटल बन्द भए त्यसले ६ दर्जनबढी बेरोजगारी हुने, लगानीकर्ताको करोडौ डुब्ने र सर्बसाधारण स्वास्थ्य बिमा सुबिधासहितको स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपर्ने अवस्था प्रतिबेदनमा उल्लेख छ । सञ्चालककै आन्तरिक बिबादका कारण हस्पिटल बन्द हुनुहुँदैन र स्वास्थ्य जस्तो महत्वपूर्ण सेवा पाउनबाट जो कोही पनि बञ्चित हुनुहुँदैन भन्दै प्रतिबेदनमा भनिएको छ । बिबादका कारण हस्पिटल प्रशासन र कर्मचारीलाई काम गर्न निक्कै तनाव देखिएको र संचालककै आन्तरिक बिबादमा पर्नु र बन्द हुनु कसैको हितमा हुँदैन ।

हस्पिटलबाट बाहिर जाने ल्याव टेस्ट भनेर बिभिन्न मितिमा संचालक संचालक गैरेले २९ लाख अपचलन गरेको देखिएको प्रतिबेदनमा उल्लेख छ । दमक हस्पिटलबाट आउटसोर्सका लागि दमककै निर्णायक रेफेरेन्स ल्याव प्रालिमा स्याम्पल गएको तर सो रकम निर्णायक ल्याव वा अन्य ल्यावलाई नदिई आफै लगेको देखिएको समितिले जनाएको छ ।

…………………………………………………………………………………………………………………………………………………………………..

प्रतिबेदनमा हस्पिटलका सञ्चालकहरुबीच बिबाद हुनुका मुख्य कारण नै संचालक डा. गैरेले एकलौटी निर्णय गर्दै हस्पिटल सञ्चालन गर्नु र आर्थिक अपचलन गर्नु देखिएको उल्लेख गरिएको छ । ७ जना सञ्चालक भएपनि सञ्चालक गैरेले ४ आर्थिक बर्ष आफुखुशी एकलौटी चलाएको देखिएको छ ।
प्रतिबेदनमा भनिएको छ , –‘करिब ४ आर्थिक बर्ष आफुखुशी एकलौटी आर्थिक कारोबारदेखि हस्पिटलको सम्पुर्ण कारोबार गरेको देखिएको छ । संस्थामा कहिल्यै संस्थागत निर्णय र साधारण सभा गरेको देखिदैन । हस्पिटलको ५० प्रतिशत शेयर काठमाण्डौंका अर्का डाक्टर निराजन भुषालको नाममा छ र उनी हस्पिटलका अध्यक्ष हुन् । तर उनी हस्पिटलको संस्थागत काममा आएको देखिदैन र संस्थागत निर्णयमा उपस्थित भएको देखिदैन् ।’
हस्पिटलको सम्पूर्ण आय बिबरण प्रष्ट देखिएपनि ब्यय बिबरण अस्पष्ट र अपारदर्शी देखिएको प्रतिबेदनमा उल्लेख गर्दै भनिएको छ ,–‘ ब्ययको ५० प्रतिशतबढीको आधिकारिक बिल भौचर देखिदैन, ठुलो रकमको चेक ब्यक्तिको नाममा काटेर रकम अपचलन गरेको देखिन्छ । कर कार्यलयमा कर बुझाउँदा, स्वास्थ्य बिमा ल्याउँदा, बिमाको रकम ल्याउँदा र हस्पिटल नबिकरण गर्दा ठुलो रकम खर्च गरेको भनिएपनि त्यसको आधिकारिक बिल भपाई देखिदैन् ।’
हस्पिटलले ४ आर्थिक बर्षमा रु १६ करोड बढी आम्दानी गरेको देखिएको छ । तर खर्चको बिबरण आय ब्यय बिबरण प्रमाणित हुन नसक्ने र अपारदर्शी देखिएको समितिले औल्याएको छ । सञ्चालकहरुबीच बिबादको मुख्य बिषय पनि ब्यय बिबरण पारदर्शी नहुनु हो । हस्पिटलले डाक्टरसहित बिभिन्न बिक्रेताहरुलाई २ करोडबढी तिर्न बाँकी रहेको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published.