दशैभरि झापामा दिनैपिछे मेला


दमक,१८ असोज । वडा दशैका अवसरमा झापामा दिनहुँ जसो मेला लाग्दैआएका छन् । फूलपातीदेखि शुरुहुने यस्ता सांस्कृतिक मेलाहरु कोजाग्रत पूणर््िामाका दिनसम्म लाग्ने गरेको छ ।
विशेष गरि शहरी क्षेत्रभन्दा पनि ग्रामीण तथा भित्री वजारहरुमा दशै मेला लाग्दैआएको झापा, कमल गाउँपालिका ५ स्थित सगुन युवा क्लवका अध्यक्ष देवी आङदेम्बे बताउँछन्। ‘शहर,वजारमा मेलापर्व खासै उल्लास देखिन्न’ उनले भने –‘ तर गाउँघर तिर भने बर्षदिनमा लाग्ने यस्ता सांस्कृतिक मेला महत्व मात्र होइन , उल्लासका रुपमा मनाईन्छन् ।’
यतिखेर जिल्लाका ग्रामीण भेगमा दिनहुँ जसो मेला लाग्दैआएको उनको भनाई छ । त्यस्ता मेलामा लोपोन्मुख आदिवासी सन्थाल समुदायको नृत्य आर्कषक मानिन्छन् । अधिकांस ती मेलामा यी समुदायलाई डाकेरनै नृत्य प्रस्तुत गर्न लगाउने गरिएको पाईएको छ । मेलालाई मनोरञ्जन बनाउन पनि सन्थाल नृत्यवीच प्रतियोगितानै गरेर कला,संस्कृतिको संरक्षण गरिआएको आङदेम्बेले बताए । मंगलवारेमा एकादशीका दिन मेला लाग्ने गरेको छ । मेला व्यवस्थित बनाउन आवश्यक तयारी सकिएको आयोजक सगुन युवा क्लवले जनाएको छ ।
जिल्लाको गरामनी,भद्रपुर, सैनिक वजार,गौरीगन्ज, गौरादह, महाभारा, पाराबारी,सुरुङा, लखनपुरको पाडाजुंगी,मंगलवारे, गेउरिया लगायतका स्थानमा दशैं मेला लाग्दैआएका छन् । मेलामा सन्थाल नृत्यको प्रस्तुतिसंगै स्थानीय कृषि उपज, खाद्यान्नका व्यापार हुदैआएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । त्यस्ता मेलाले व्यवसायिक प्रवद्र्धनमा टेवा पुग्ने अनुमान उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.